मुख्य समाचार

स्वास्थ्य मन्त्रालय र नेपाली सेना बीच सहकार्य हुने

स्वास्थ्य खबरपत्रिका

तस्वीर स्वास्थ्य मन्त्री थापाको टुइटरबाट लिइएको हो ।

काठमाडौं– स्वास्थ्य मन्त्रालय र नेपाली सेना बीच स्वास्थ्य सेवामा सहकार्य हुने भएको छ  । स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको ओपिडी सेवा सर्वसाधारणका लागि पनि खुल्ला गर्ने स्वास्थ्य र रक्षा मन्त्रालय बीच सहमति भएको छ । पौडेलका अनुसार सेनाको व्यारेक भएको स्थानमा सेनाको स्वास्थ्य टोलीले सरकारी अस्पतालसँग सहकार्य गरी सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउने, सेनाको एयर एम्बुलेन्स र मोबाइल अस्पताल स्वास्थ्य मन्त्रालयले पनि प्रयोग गर्ने, आपतकालिन अवस्थाका लागि सेनासँग सहकार्य गरी ‘अलर्ट टिम’ निमार्ण गर्ने विषयको छलफल सहमति नजिक पुगेको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले नेपाली सेनाका चिकित्सकका लागि पोष्टग्राजुयट –पिजी) अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराउने र सेनाको अस्पतालका लागि सरकारले अनुदान दिने विषयमा पनि छलफल चलेको उनले बताए । ‘धेरै विषय सहमति नजिक पुगेको छ’ सल्लाहकार पौडेलले भने, ‘केही दिनमै स्वास्थ्य र रक्षा मन्त्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुहुनेछ ।’ सेनासँगको सहकार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार हुने उनले बताए ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live