विश्व स्वास्थ्य

दुर्लभ रोग लागेपछि अभिनेता इरफान खानले लेखे 'जीवन रहस्यको कथाले घेरियो'


नयाँ दिल्ली– भारतीय चर्चित अभिनेता इरफान खानले आफुलाई दुर्लभ किसिमको रोग लागेको बताएका छन्। सोमबार ट्विट गर्दै उनले आफ्नो पछिल्लो अवस्थाको बारेमा प्रशंषकहरुलाई अन्दाज नगर्न आग्रह पनि गरेका छन्।

उनले बाँकि अनुसन्धान र रोगको निदान भएपछि आफ्नो अवस्थाको बारेमा आगामि एक सातादेखि १० दिनसम्म सबै कुरा प्रकाशमा ल्याउने बताएका छन्। तर रोगको प्रकृतिको विषयमा भने उनले केहि पनि खुलाएका छैनन्। 

ट्विटमा लेखिएको छ,‘गएको १५ दिन मेरो जीवन रहस्यको कथाले घेरियो। थोरै मात्रै मलाई अवगत भएको छ कि रहस्यको कथा खाज्ने क्रममा मैले दुर्लभ रोग प्राप्त गरेको छु।’ 

५१ वर्षीय अभिनेता खानले १ सय भन्दा बढि हिन्दी तथा अंग्रेजी भाषाका चलचित्रमा अभिनय गरेका छन्। उनका पिकु, मकबुल, हासिल, पान सिंह तोमरजस्ता हिन्दी तथा लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिङ स्पाइडर म्यान, द नेमसेकजस्ता अंग्रेजी भाषाका चलचित्रहरु चर्चित छन्।  

उनले भने,’म कहिल्यै पनि हार खाने मान्छे होइन। मैले सधैँ आफ्ना इच्छा पुरा गर्न संघर्ष गर्दै आएको छु र गरिरहनेछु। मेरो परिवार र साथीहरु यो अवस्थाबाट पार पाउनका लागि मलाइ हरदम साथ दिइरहेका छन्। तपाइँहरु पनि मेरा आगामि दिन सहि तरिकाबाट बितुन् भन्ने कामना गरिदिनुस्।’  

इरफान खान उत्कृष्ट अभिनय गर्ने भारतीय कलाकारको रुपमा विश्वभर लिइने नाम हो। उनलाई राम्रा र प्रभावशाली भूमीकामा मात्रै पर्दामा देखिने भारतीय कलाकारको रुपमा लिइन्छ। 

पछि गएर बहिस्किृत हुन पुगेका एक माथिल्लो श्रेणीका धावकको कथामा बनेको चलचित्र ‘पान सिंह तोमर’बाट उनलाई सन् २०१३ मा भारतीय राष्ट्रिय चलचित्र अवार्ड मिलेको थियो।  

सोहि वर्ष नै चलचित्र ‘द लन्चबक्स’का लागि उनले क्यानिज फिल्म फेस्टिबलमा ‘भ्युअर चोइस अवार्ड’ समेत प्राप्त गरेका थिए। सन् २०१३ मा लन्डन फिल्म फेस्टिबलमा छानिने उनी एक मात्र भारतीय कलाकार थिए। 

उनले अभिनय गरेको चलचित्र ‘ब्ल्याकमेल’ प्रदर्शनको तयारीमा छ। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने