Collapse
Expand

मुख्य समाचार

मोरङ : एचआइभी एड्स सङ्क्रमितको मृत्युदर बढ्यो

स्वास्थ्य खबरपत्रिका

उर्लाबारी (मोरङ)- नयाँ एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ । 

स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । 

राष्ट्रिय एचआइभी एड्स महासङ्घका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिए । सचेतनाका कारण प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआइभी सङ्क्रमित घट्दै गएको उनको भनाइ छ । 

एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि मृत्युदुर भने बढेको अध्यक्ष सिटौलाले बताए । उनका अनुसार देशभरि प्रत्येक वर्ष दुई हजार ३०० को सङ्ख्यामा एचआइभी सङ्क्रमितको मृत्यु हुने गरेको छ । एचआइभी सङ्क्रमित समाजमा खुल्न नचाहेको र नियमितरुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले बताए । 

राष्ट्रिय एचआइभी एड्स महासङ्घले गरेको सर्वेक्षण अनुसार देशभरि ४० हजार एचआइभी सङ्क्रमित भएपनि नियमितरुपमा १३ हजार देखि १४ हजार जनाले मात्र औषधि सेवन गर्ने गरेका छन् । रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने