विश्व स्वास्थ्य

भारतीय अभिनेता अमिताभको स्वास्थ्यमा खराबी, सुटिङ स्थलमै पुग्यो चिकित्सक टोली


एजेन्सी– भारतीय अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्थामा खराबी आएको छ। फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ सेटमा रहेका अमिताभको स्वास्थ्यमा खराबी आएपछि सुटिङ स्थलमै डाक्टरहरुको टिम पुगेको थियो। सो खबर अमिताभले आफ्नो ब्लगमा पोस्ट गरेका छन्। 

अमिताभको चेकजाँचका लागि डाक्टरहरुको एक टिम मुम्बर्इबाट सुटिङ स्थल जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

स्वास्थ्य अवस्था बिग्रिए पनि अमिताभको मुम्बई फर्कने योजना भने अहिलेसम्म बनिनसकेको बताइएको छ। यदि अमिताभको स्वास्थ्य अवस्थामा सुधार आएमा उनी फेरि सुटिङ सेटमा फर्कनेछन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने