समाचार

बलिउड अभिनेता नरेन्द्र झाको हृदयघातबाट निधन

None

काठमाडौं-

एजेन्सी– बलिउड अभिनेता नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ।

आफ्नै फार्महाउसमा हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

यसअघि  दुर्इपटकसम्म उनमा मुटुको समस्या देखिएको थियो। तेस्रो पटकको हृदयघातको भने उनले सामना गर्न सकेनन्।

बलिउड फिल्म 'हमारी अधुरी कहानी', 'रइस', 'काबिल', 'कालाकण्डी', 'घायल वन्स अगेन', 'हैदर,' 'फोर्स २' लगायतक थुपै फिल्ममा अभिनय गरिसकेका नरेन्द्रले उत्तिकै टेलिभिजन शो समेत सञ्चालन गरेका थिए। 

उनी सलमान खान अभिनित फिल्म 'रेस ३' र  साउन इन्डियन सुपरस्टार प्रभास अभिनित 'साहो'मा समेत देखिँदै छन्। अभिनेत्री श्रीदेवीको निधनले स्तब्ध बनेको बलिउड फिल्म इन्ड्रस्टीमा नरेन्द्रको निधनले चोट थपेको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने