घरमै डाक्टर

घरमै डाक्टर : अधिकांश डाक्टरहरु गर्भ रहेको अवस्थामा शारीरिक सम्पर्क नगर्न सल्लाह दिन्छन् । के त्यसो भए बच्चा जन्मिएलगत्तै पत्नीसंग सम्पर्क गर्न मिल्छ त ?

स्वास्थ्य खबरपत्रिका

मिल्दैन । सुत्केरी भएलगत्तैको सहवासले महिलालाई हानी पुग्छ । बच्चा जन्मिएपछि पुरुषलाई पहिलेजस्तो महिलाबाट यौन सुख नमिल्न पनि सक्छ । बच्चा जन्माउदा योनिको मांसपेशी टुट्ने हुन सक्छ ।

चिकित्सकका अनुसार अपरेशन नगरी सामान्य रुपले बच्चा जन्मिएको छ भने सुत्केरी भएको ६ हप्तासम्म सहवास गर्नुहुँदैंन । त्यसपछि पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । मांसपेशीमा लागेको घाउ निको हुन पनि कमसेकम ५ देखि ६ हप्तासम्म लाग्छ । यस्तो अवस्थामा यदि यौनसम्पर्क गर्नुभयो भने योनिमा संक्रमण हुन सक्छ ।

सुत्केरी भएपछि सामान्य रुपले महिलामा उदासिनता बढेको हुन सक्छ । हर्मोन परिवर्तनका कारण यसो भएको हुन सक्छ । यसबाट महिलामा यौनसम्पर्क गर्ने चाहना पनि हुँदैंन । यस्तो अवस्थामा महिला तथा पुरुषले कम्तीमा पनि ६ हप्तासम्म सहवास नगर्नबाट बच्नैपर्ने हुन्छ । 


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने