समाचार

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग

बुटवल- रुपन्देहीको अँधियारी निम्न माध्यमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकाले सहयोग पाएका छन्।

इनरव्हिल क्लब अफ लुम्बिनी रुपन्देहीले इनरव्हिल दिवसको अवसर पारेर बालबालिकालाई सहयोग गरेको हो। ग्रामीण भेगको विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेको क्लबले जनाएको छ।

बौद्धिक अपाङ्गता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसीले सबैभन्दा अशक्त अपाङ्गता भनेकै बौद्धिक अपाङ्गता भएकाले त्यस्ता बालबालिकालाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए।

क्लबका अध्यक्ष ज्ञानु पौड्यालले अँधियारी निम्न माविमा सञ्चालित बौद्धिक अपाङ्गता डे केयर सेन्टरमा रहेका २० जना बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने