मुख्य समाचार

विपी प्रतिष्ठान धरानमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिका लागि प्रक्रिया अघि बढेको छ। प्रतिष्ठानका सहउपकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाले कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कमिटिका सदस्यको नाम सिफारिस गरेका छन्।

मन्त्री थापाले कमिटि सदस्यमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य गीताभक्त जोशीको नाम सिफारिस गरेका हुन्। ऐन अनुसार सहउपकुलपति तथा स्वास्थ्यमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटि गठन गर्ने प्रावधान छ। कमिटिले प्रतिष्ठानको उपकुलपतिका लागि प्रस्ताव आह्वान गर्नेछ। यसअघि पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सोही सर्च कमिटिले प्रस्ताव आह्वान गरिसकेको छ।


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने