मुख्य समाचार

देशभरि ३३ हजारभन्दा बढी बिपन्नले लिए १ अर्बको उपचार सेवा (कुन अस्पतालमा कतिले गरे उपचार?)

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत देशभरका ३१ अस्पतालबाट ३३ हजार चार सय ८८ बिरामीले उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०७२/७३ मा ती बिरामीका लागि सरकारले एक अर्ब दुई करोड २५ लाख ८४ हजार ८ सय ८४ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाबाट वितरण हुने सहयोग रकम मिर्गौला, मुटु, क्यान्सर, स्पाइनल तथा हेडइन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स् र सिकलसेल एनिमियाका बिरामीको उपचारका लागि प्रदान गरिएको हो। आर्थिक सहायताबाट धेरै बिरामीको उपचार गर्नेमा विपी कोइराला क्यान्सर अस्पताल भरतपुर रहेको छ। उक्त अस्पतालले एक वर्षमा १५ हजार पाँच सय ७५ जनाको उपचार गरेको छ। उपचार गरेबापत अस्पतालले १४ करोड १५ लाख ५१ हजार रुपैयाँ रकम पाएको छ।

सबैभन्दा कम बिरामी उपचार गर्नेमा कोशी अञ्चल अस्पताल रहेको छ। अस्पतालले विपन्न कोषबाट जम्मा ७ जना बिरामीको उपचार गरेको थियो। उपचार सेवा दिएबापत अस्पतालले ११ लाख ३२ हजार रुपैयाँ रकम विभागबाट लिएको छ।

कुन अस्पतालबाट कतिले उपचार सेवा पाएः

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने