मुख्य समाचार

नर्सिङ काउन्सिल सर्ने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- नेपाल नर्सिङ परिषद् (काउन्सिल)को कार्यालय सर्ने भएको छ । हाल धुम्बाराहीमा रहेको काउन्सिल कार्यालय बाँसबारीमा सर्ने भएको छ । शहिद गंगालाल अस्पताल नजिक रहेको नेपाल मेडिकल काउन्सिल अगाडीको नयाँ निर्मित भवनमा नर्सिङ काउन्सिल सर्ने भएको हो ।

काउन्सिलले आगामी माघ १ गतेपछि सम्पूर्ण सेवा बाँसबारीस्थित नयाँ भवनबाट दिने जनाएको छ । नर्सिङ काउन्सिल विगतमा पनि सोही स्थानमा थियो । पुरानो भवन भत्काएर नयाँ बनाउनु पर्ने भएपछि काउन्सिल धुम्बाराही सरेको थियो । तर, अब नयाँ भवन निर्माण भैसकेपछि पुन काउन्सिल बाँसबारी नै सरेको हो ।


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने