समाचार

दाङका आँखा अस्पतालमा अत्याधुनिक सेवा सुरु

स्वास्थ्य खबरपत्रिका

दाङ– दाङका तीन वटा आँखा अस्पतालले एकै साथ आधुनिक उपकरणसहित सेवा विस्तार गरेका छन्। राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकैसाथ बिहीबारदेखि आधुनिक उपकरणसहित आँखाको उपचारमा थप सेवा प्ररम्भ भएको हो।

ती अस्पतालले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको हुन्।

राप्ती अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाका अनुसार अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँच गर्ने मेसिन, आँखाको प्रेसर जाँच गर्नका लागि ननकन्टेक टोनोमिटर मेसिन जडान गरी सेवा दिन थालेको हो। ती उपकरण ल्याउन दुई करोड ५७ लाख रुपैयाँ लागेको अस्पतालले जनाएको छ।

दाङमा आवश्यक उपकरण नहुँदा आँखाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता थियो। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live