मुख्य समाचार

विपी कोइराला क्यान्सर अस्पतालमा सञ्चालक समितिका नयाँ सदस्यलाई स्वागत

राजेन्द्र आचार्य

 भरतपुर– विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त दुई सदस्यको बीहिबार स्वागत भएको छ। अस्पतालको सञ्चालक समितिका सदस्य दिनेश कोइराला र सुस्मिता रिमाललाई अस्पतालमा स्वागत  गरिएको हो। अस्पतालको ऐन अनुसार  सामाजिक क्षेत्रबाट उनीहरु सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन्। मन्त्रिपरिषदको पुस २१ गतेको बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गरेको थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. सिवी पुनसहितको टोलीले सदस्यद्वयको स्वागत गरेका हो। स्वागत पछि सदस्यद्वयले अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल गरेका थिए। विभागीय प्रमुखहरुले आफ्ना समस्या राखेका थिए।

कार्यक्रममा नवयिुक्त सञ्चालक समिति सदस्य दिनेश कोइरालाले  अस्पतालको सेवालाई परिणाममुखी बनाउन आग्रह गरे। उनले बिरामीलाई  सहज र सरल तरिकाबाट उपचार प्रदान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए। अर्की सदस्य सुस्मिता रिमालले  सबैको एकताले मात्र अस्पताल सुधार गर्न सकिने बताइन्।


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने