साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एण्ड ब्युटीः डा. निर्जना बजिको

स्वास्थ्य खबरपत्रिका

भक्तपुरकी डा. निर्जना बजिकोले नोबेल मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेकी हुन् । जेन्युन सेकेन्डरी स्कुलमा कक्षा १० सम्म पढेकी उनले ख्वपः कलेज भक्तपुरबाट प्लस टु गरेकी हुन् । एमबिबिएस सकेर ७ महिना नोबेलमै सेवा दिएकी उनी अहिले भक्तपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा कार्यरत छिन् । उनी सानो हुँदादेखि नै उनको बुवाको चाहना छोरी डाक्टर होस् भन्ने थियो । बुवाको सपनाले उनमा डाक्टर मोह जाग्यो । अहिले उनी सही ठाउँमा आइपुगेको महसुस गरिरहेकी छिन् । यात्रामा उनको विशेष रुची छ । फुर्सदमा उनी फिल्म हेर्न मन पराउँछिन् ।
तस्बिरः शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो बागबजार

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live