साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. रश्मी भट्टराई

स्वास्थ्य खबरपत्रिका

ब्रेन एण्ड ब्यूटी – डा. रश्मी भट्टराई काठमाडौँ चाबहिलको ओम हस्पिटलमा मेडिकल अफिसर्सका रुपमा कार्यरत छिन् । उनले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पास गरेकी हुन् । विराटनगरको देवकोटा मेमोरियल स्कुलबाट एसएलसी पास गरेकी रश्मीले काठमाडौँको सेन्ट जेभियर्सबाट आइएस्सी गरेकी हुन् ।
भविष्यमा बालरोगमा विशेषज्ञता हासिल गर्ने उनको लक्ष्य छ । एमबिबिएसमा इन्टर्न गर्दा उनलाई बाल रोगमा रुची जागेको थियो । पढाइमा राम्रो भएकाले आइएस्सीपछि चिकित्सा पढ्ने उनको सोचाइमा बुबाको रहर समेत जोडियो । नेपाल सरकारको सह–सचिवसम्म पुगेका उनको बुबा रोहितकुमार भट्टराईको चाहना थियो, छोरी डाक्टर बनोस् । जसले गर्दा चिकित्सा पेशा रोज्न उनलाई सहज भयो । पढाइ र कामबाहेक विभिन्न ठाउँ घुम्दा उनी रमाउँछिन् । जमघट र विशेष कार्यक्रमहरुमा नाच्न उनलाई खुब मन पर्छ ।

 

रोजिना महर्जन

डा. स्वेता बैद्य

डा. सदीक्षा गिरी

डा. निक्की ठाकुर

डा. सलुजा पोख्रेल

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने