जीवनशैली

पिसाव प्रणालीका चार समस्या

डा रविन जोशी, युरो अन्कोलोजिष्ट, नर्भिक अस्पताल

मिर्गौला, पिसाबनली, पिसाबथैली, पुरुषमा प्रोष्टेड लगायतका अंगको कार्यलाई हामी पिसाव प्रणाली भनेर बुझिन्छ।मिर्गौलाले रगत शुद्धिकरणको काम गर्छ । त्यसक्रममा शरीरमा भएको ‘टक्सिक’ फाल्ने काम गर्छ । मिर्गौलामा मासु पलाउने समस्यालाई मिर्गौलाको क्यान्सर भन्छौं । यसलाई चिकित्सकीय भाषामा ‘रिनल्सन कार्सिनोमा’ भनिन्छ । प्रारम्भिक अवस्थामा भए वा लक्षण नदेखिएसम्म क्यान्सर भएको थाहा नहुन सक्छ । अरु कुनै समस्या आएर परीक्षणका क्रममा ‘इन्सिडेन्टल फाइन्डिङ’ भने हुन सक्छ । अहिले सबैतिर अल्ट्रासाउन्ड  उपलब्ध छ । परीक्षणको क्रममा मिर्गौलामा मासु पलाएको भेटिए क्यान्सर भएको थाहा लाग्छ । मिर्गौलामा मासु पलाएपनि पिडितलाई थाहा भएको हुँदैन । त्यसको पहिलो लक्षण नै पिसावनलीमा रगत देखिनु हो । त्यसपछि भने पेटको कोखामा असहज महशुस हुन सक्छ ।

पिसाबनलीमा हुने क्यान्सरको जोखिम भने अलि विरलै मात्रामा देखिन्छ । मिर्गौलाबाट पिसाव निकाल्ने पाइपलाई युरेटर भनिन्छ । जुन ब्लाडरसम्म पुगेको हुन्छ । युरेटरमा मुख्य रुपमा पत्थरीको समस्या देखा पर्न सक्छ ।   पत्थरी बन्ने त मिर्गौलामा नै हो, तर त्यो झरेर अड्किन्छ । सानो, खासगरी ५ मिलिमिटरसम्मको पत्थरी त मानिसले थाहै नपाउने गरी झरिसकेको हुन्छ । मुत्रनलीमा क्यान्सरको जोखिम त्यति देखिँदैन । तुलनात्मक रुपमा मिर्गौला र पिसाबनलीको क्यान्सरको खतरा बढी छ ।

लक्षणहरु

पिसाबमा रगत देखियो भने तत्काल डाक्टरलाई देखाउनुपर्छ । रगत निस्कनुको कारण खोज्नुपर्छ । पिसावमा रगत देखिनुको मुल कारण पत्थरी नै हो । तर पत्थरीबाट रगत आउने क्रममा दुख्ने पनि गर्छ । यदि क्यान्सरका कारणले पिसावमा रगत आएको हो भने त्यसमा दुखाई हुँदैन । त्यसलाई ‘पेनलेस हेमाचुरिया’ भनिन्छ । ट्युमरबाट हुने रक्तस्राव भने दुखाइ रहित हुन्छ । पत्थरीमा दुखाई अर्थात् ‘पेनफूल हेमाचुरिया’ हुन्छ ।

ब्लाडर अर्थात् पिसावथैलीको काम पिसाब संकलन गर्ने हो । निश्चित मात्रामा पिसाव संकलन भएपछि त्यसले मस्तिष्कमा संकेत पठाउँछ । २/३ सय मिलिलिटर पिसाव संकलन भएपनि मानिसलाई पिसाव फेर्न जान मन लाग्छ र पाँच सय मिलिमिटर संकलन भइसकेपछि भने खटाउन निकै असहज हुन्छ । मुत्रप्रणालीमा मिर्गौलापछि क्यान्सरको खतरा हुने अंग पिसावथैली हो । वातावरणीय प्रभाव र अन्य कारणहरु यसमा जोडिन्छन् । यसको लक्षण पनि पिसावमा दुखाइरहित रक्तस्राव हो । अन्यथा प्रमाणित नभएसम्म क्यान्सरकै जोखिम ज्यादा हुन्छ ।

पुरुषमा प्रोस्टेट ग्रन्थी पनि हुन्छ । यसको काम वीर्यलाई चिल्लोपना र पोषण दिनु हो । महिलाहरुमा प्रोस्टेट हुदैन । प्रोस्टेट बढेमा पिसाव गर्न गाह्रो हुन्छ । सामान्य अवस्थामा प्रोस्टेट १५ देखि १८ ग्रामको हुन्छ । ४०–४५ वर्षको उमेरपछि भने यसको आकार बढ्दै जान्छ । त्यसले पिसावनली च्यापिन्छ । जसका लागि उपचार गर्नुपर्छ ।


कारण के के हुन् ?

पिसाव प्रणालीमा हुने क्यान्सरका विभिन्न कारणहरु छन् । त्यसमध्येको प्रमुख कारण धुमपान नै हो । चाहे मिर्गौला वा मुत्रथैलीकै क्यान्सर किन नहोस् रु  चुरोट सेवनका कारण श्वासप्रश्वास प्रणालीका साथै मुत्रप्रणालीमा पनि क्यान्सरको जोखिम हुन्छ । इटाभट्टाको चिम्नी, पेट्रोलियत उत्पादन या अन्य रसायनस“ग प्रत्यक्ष जोडिएर काम गर्नेहरुलाई यस्तो जोखिम हुन्छ । नर्मल जिनलाई चुरोट र अन्य कारणले प्रदुषणले असर गरेर ‘अंकोजिन’ बनाइदिन्छ र त्यसले ट्युमर पलाउँछ । त्यसपछि क्यान्सर हुन्छ ।

खासगरी मध्यपूर्वी मुलुकहरुबाट मुत्रसम्बन्धी समस्या लिएर आउनेहरु धेरै भेटिन्छन् । धेरै गर्मी ठाउँमा बस्ने, पिसाव गर्न जानको दुःखले पानी नखाने प्रवृत्ति हुन्छ । गर्मीले डिहाइड्रेसन र त्यसले पत्थरी बनाउने भयो ।

अर्कोतिर खाडी मुलुकका कतिपय ठाउँमा ‘सिस्टासोमासियस’ भन्ने जिवाणुको संक्रमण हुन्छ । नदि, पोखरीमा पौडी खेल्ने क्रममा संक्रमित भएमा ब्लाडरको क्यान्सर हुनसक्ने खतरा रहन्छ । बारम्बार संक्रमण भइरहेमा भने क्यान्सर हुने डर हुन्छ । लामो समयसम्म पत्थरीको उपचार हुन सकेन भने पनि क्यान्सर हुनसक्ने खतरा रहन्छ । वंशाणुगत कारणले पनि मिर्गौला र मुत्रथैलीको क्यान्सर हुन सक्छ । बुबा, आमा, दाजु, दिदी, भाई, बहिनीहरुलाई देखिएको छ भने नियमित फलोअपमा बस्नु राम्रो हो ।

मुत्रप्रणालीमा हुने क्यान्सरको जोखिमबाट जोगिने उपाय सादा जीवनशैली नै हो । हामीले नियमित रुपमा पानी पिउन सल्लाह दिएका हुन्छौं । त्यसले पत्थरीको डर घटाउँछ । प्रदुषणबाट जोगिनुपर्छ। नियमित रुपमा कुनै रसायनस“ग नजिक रहेर काम गर्ने पेशा हो भने सुरक्षाका उपायहरु अपानाउनुपर्छ । धुमपानले अनेकन समस्या देखिने भएकाले समयमै सचेत हुन जरुरी छ । यसले मुत्रप्रणाली मात्रै होइन कि अरु प्रणालीलाई पनि असर गर्छ । अल्कोहलले पनि मिर्गौला र मुत्रप्रणालीलाई फाइदा गर्दैन ।

उपचार कसरी हुन्छ ?

मिर्गौलाको क्यान्सर भए मिर्गौला नै निकाल्नुपर्ने हुन्छ । तर, त्यो आकार अनुसार फरक पर्छ । कत्रो आकारमा र कुन भागमा छ त्यो अनुसार उपचारको योजना बन्छ । आधा मात्रै मिर्गौला निकालेर पनि बचाउन सकिन्छ । नशाको नजिक छ भने किडनी पूरै निकालेर उपचार गर्नुपर्छ । प्रारम्भिक तहमै देखिएमा मिर्गौलाको क्यान्सर छिटै उपचार हुन्छ ।

मुत्रथैलीको क्यान्सर उपचारमा दुई विषय मुख्य रुपमा हेरिन्छ । त्यसले मांसपेशीमा असर गरेको छ कि छैन रु ट्युमर निकालेपछि फेरि परिक्षण गरिन्छ । मासुमा छोएको छैन भने सहजै उपचार हुन्छ । छोएको छ भने चार पाँच घण्टाको सर्जरीबाट प्रोस्टेट र ब्लाडर निकालिन्छ ।

क्यान्सरका कारण मुत्रथैली निकाल्नु परेमा उही व्यक्तिको आन्द्रा प्रयोग गरेर ‘नियो ब्लाडर’ बनाइन्छ । उमेर र अन्य कारणले आन्द्राको ब्लाडर बनाउन नसकिएमा पिसावनलीबाट पाइप लगाएर शरिरबाहिर आजिवन ‘ब्याग’ लगाउनुपर्ने अवस्था हुन्छ । शरिरबाहिर ब्याग झुण्डाउनुपर्ने भएकाले मानिसले सकेसम्म ब्लाडर निकाल्न चाहदैन । त्यसपछि पनि पटकपटक परिक्षण गरेर क्यान्सर निको भए/नभएको निक्र्यौल गर्छ । मासुमा गिर्खा देखिए फेरि किमोथेरापी गर्नुपर्छ । ५ वर्षमा पनि देखिएन भने निदान भएको ठानिन्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने