Collapse
Expand

साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. उपमा संग्रौला

स्वास्थ्य खबरपत्रिका

ब्रेन एन्ड ब्युटीः काठमाडौं मेडिकल कलेजबाट एक वर्षअघि मात्रै एमबिबिएस गरेकी डा. उपमा संग्रौला अहिले विशेषज्ञता हासिल गर्नका लागि तयारी गरिरहेकी छिन् । इन्टरनल मेडिसिनमा विशेषज्ञ बन्ने उनको धोको छ । त्यसैले ६ महिना काम गरेर अहिले त्यसैको प्रवेश परीक्षाको तयारी गरिरहेकी छिन् उनी।

ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी पूरा गरेकी उनले गोल्डेन गेट कलेजबाट प्लस टु सकेकी हुन् । उनी डाक्टर बन्नुमा बुवा मोहन संग्रौलाको इच्छा पनि जोडिएको छ । भन्छिन्, ‘बुवा पढाइमा राम्रो भए पनि आथिर्क अवस्था कमजोर भएका कारण डाक्टर बन्न सक्नु भएनछ । मलाई पढाएर आफ्नो सपना पूरा गर्नुभयो ।’

आमा चन्द्रा संग्रौलाले पढाइमा सधैँ हौसला दिइरहन्थिन् । नृत्य उनको रुचीको विधा हो । उनले स्कुलदेखि कलेजसम्म नृत्य प्रस्तुत गरेकी छिन् । फुर्सदको समयमा घुम्ने र फिल्म हेर्ने गर्छिन् डा. उपमा।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने