साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. स्मृति श्रेष्ठ

स्वास्थ्य खबरपत्रिका

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी डा. स्मृति श्रेष्ठले सेन्ट जेभियर कलेजबाट प्लस टु, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एमबिबिएस र स्कुल अफ मेडिकल साइन्स भरतपुरबाट डर्माटोलोजीमा एमडी पूरा गरेकी छिन् । ललितपुर, थसिखेलकी बासिन्दा श्रेष्ठ हाल धुलिखेल अस्पतालमा कार्यरत छिन् । डर्माटोलोजीमा विशेषज्ञता हासिल गरेका नाताले उनको रुचि त्यसैअन्तर्गतको कस्मेटोलोजी र एस्थेटिक मेडिसिनमा बढी छ । नेपालमा सुरु अवस्थामा रहेको यो विषय मानिसको अनुहार र शरीरको सौन्दर्यसँग सम्बन्धित छ । “यस विषयमा थप तालिम लिने विचार छ,” उनी भन्छिन् । यसबाहेक अंग्रेजी साहित्यमा लेखन र उपन्यासतिर पनि आफ्नो शोख रहेको उनले बताइन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने