मुख्य समाचार

क्यान्सरले थलिएकी नर्स सकुनलाई बहराइनबाट सहयोग

img

पारसविक्रम शाही

काठमाडौं– वृहत् नेपाल सामाजिक संस्था बहराइनले पेटको क्यान्सर भएकी नर्स सकुन श्रेष्ठको उपचारका लागि ९५ हजार रुपैयाँ सहयोग गरेको छ। संस्थाले बुधबार स्वास्थ्य मन्त्री गगन थापाको हातबाट नर्स सकुनलाई चेक हस्तान्तरण गरेको हो।

सकुन पाटन अस्पतालकी स्थायी नर्स हुन्। बिरामीको सेवामा खटिरहेकी नर्स सकुन १३ महिनादेखि चौथो स्टेजको पेटको क्यान्सरले थलिएकी छिन्। उपचारका क्रममा हालसम्म झन्डै २५ लाख रुपैयाँ खर्च भैइसकेको उनले बताइन्। संस्थाले प्रदान गरेको सहयोग रकमले उपचारमा केही राहत मिलेको सकुनको भनाइ छ।

चेक बुझेलगत्तै नर्स सकुनले मन्त्री थापालाई गरिब जनताले सहज रुपमा क्यान्सरको उपचार गराउन सक्ने व्यवस्था गर्न सुझाव दिइन्। उनले क्यान्सरको औषधिलाई समेत सस्तो बनाउनुपर्ने बताएकी थिइन्।

संस्थाका सल्लाहकार सन्तोष साहले बहराइनमा रहेका नेपालीहरुले व्यक्तिगत र संस्थागत रुपमा रकम संकलन गरेर सकुनको उपचारमा सहयोग गरेको बताए।

मन्त्री थापाले क्यान्सर लगायतका ठूला रोगको उपचारमा सरकारले पाँच लाखसम्म सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए। ‘हालसम्म सरकारले क्यान्सर लगायतका रोगको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ,’ मन्त्री थापाले भने, ‘तर, यो रकमलाई बढाएर पाँच लाखसम्म पुर्‍याउने विषयमा हामीले अर्थ मन्त्रालयमा प्रस्ताव लगेका छौँं।’ अर्थबाट उक्त प्रस्ताव पास भएर आएपछि आम नागरिकलाई ठूला रोगको उपचारमा राहत पुग्ने मन्त्री थापाले बताए।

बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएकी नर्सको ब्यथा

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live