मुख्य समाचार

केन्द्रदेखि गाउँपालिकासम्म यस्तो बन्दैछ स्वास्थ्यको संरचना

img

प्रवीण ढकाल

काठमाडौं– स्वास्थ्य मन्त्रालयले संघीय संरचना अनुसार केन्द्रदेखि स्थानीय तहसम्म नयाँ बन्ने स्वास्थ्य संरचनाको प्रस्ताविक खाका तयार पारेको छ। मन्त्रालयले संघीयता कार्यान्वयनका लागि गठन गरेको उच्चस्तरीय कार्य समितिले केन्द्र, प्रदेश र स्थानीय तहमा हुने नयाँ संरचनाहरुको खाका तयार पारेको हो।

संघीयता कार्यान्वयनका लागि स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा ‘उच्चस्तरीय स्वास्थ्य नीति तथा पुर्नसंरचना समन्वय समिति’ स्वास्थ्य सचिवको संयोजकत्वमा ‘प्राविधिक सल्लाहाकार समिति’ र मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्र डोटेलको संयोजकत्वमा प्राविधिक कार्य समूह बनाइएको छ। समूह र प्राविधिक समितिले प्रस्तावित नयाँ संरचनाको खाका आइतबार उच्चस्तरीय समितिका संयोजक स्वास्थ्यमन्त्री थापालाई बुझाएको छ।

उच्चस्तरीय समितिले उक्त खाकाको अध्ययन गरी अन्तिम रुप दिनेछ। १३ सदस्यीय उच्चस्तरीय समितिमा मन्त्री थापासहित डा. किरण रेग्मी, डा. पदम बहादुर चन्द, डा. प्रवीण मिश्र, डा. लक्ष्मीराज पाठक, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. सरोज धिताल, रमेश बडाल, डा. रीता थापा, डा. रुप खड्का, डा चन्द्रराज सापकोटा र त्रिलोचन पोखरेल रहेका छन्।

समितिले संघ, प्रदेश र स्थानीय तहको कार्य विश्लेषणका आधारमा नयाँ संरचना प्रस्ताव गरेको हो। मन्त्रालयले संघीय संरचना अनुसार अस्पतालहरुको संरचनाको खाका समेत तयार पारिरहेको छ। समितिले आइतबार मन्त्री थापालाई संघीय सरंचनाको खाकामा स्वास्थ्यका मन्त्रालयदेखि गाउँस्वास्थ्य कार्यालयका यस्तो संरचना प्रस्ताव गरेको छ।

यस्तो छ प्रस्तावित संरचना

संघ (केन्द्र) को संरचना

प्रदेशको संरचना

उप/महानगरपालिकाको संरचना

नगरपालिको संरचना

गाउँपालिकाको संरचना

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने