मुख्य समाचार

स्वास्थ्य मन्त्रालयले तोक्यो नेपालको पहिलो नर्स

img

डिबी खड्का

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले नेपालको आधिकारिक रुपमा पहिलो नर्स तोकेको छ। पहिलो नर्स को हो भन्ने विवाद चलिरहेकै बेला मन्त्रालयले स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्स भएको घोषणा गर्दै प्रमाणपत्र दिएको छ।

स्वर्गीय अमात्यका छोरा गायक योगेश्वर अमात्यले एक कार्यक्रमबीच प्रमाणपत्र बुझेका छन्।

स्वास्थ्य मन्त्री गगन थापाले पहिलो नर्सको आधिकारिक प्रमाणपत्र अमात्यलाई दिएका हुन्। विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी लामूको २०६९ जेठ १९ गते निधन भएको थियो।

उनले २०१२ साल फागुन ३० गतेदेखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी थिइन्। उनले भारतबाट २०११ साल साउनमा नर्सिङ कोर्स पूरा गरेकी थिइन्।

यसअघि नर्स उमादेवी दासले पनि आफू नेपालको पहिलो नर्स भएको दाबी गरेकी थिइन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live