मुख्य समाचार

पिजीका लागि त्रिविका चार मेडिकल कलेज पाए १७९ सिट

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पोस्टग्राजुयट (पिजी) अध्यापनका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका चार मेडिकल कलेजलाई मेडिकल काउन्सिलले १७९ सिटको अनुमति दिएको छ। काउन्सिलले विभिन्न विषयका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई १०५, नेसनल मेडिकल कलेजलाई २९, युनिभर्सल मेडिकल कलेजलाई ३७ र पिपुल्स डेन्टल कलेजलाई ८ सिटको अनुमति दिएको हो।

किस्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेपाल आर्मी मेडिकल कलेजले पिजी अध्यापनका लागि कोटा माग गरे पनि आइओएमले पूर्वाधार नपुगेको भन्दै प्रक्रिया नै अगाडि बढाएको थिएन।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live