टिप्स/जानकारी

बाँझोपनबाट जोगिन बेलैमा जान्नुपर्ने यी ६ कुरा 

स्वास्थ्य खबरपत्रिका

जब महिलाको उमेर ढल्किँदै जान्छ, सन्तानको सम्भावना पनि घट्दै जान्छ। यो शाश्वत सत्य हो। तर, आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौँ महिलाले सन्तान जन्माउन ढिलाइ गरिरहेकै छन् । ब्रिटिस प्रिग्नेन्सी एडभाइजरी सर्भिसको एक अध्ययनअनुसार दुई तिहाइ महिलालाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारण गर्भधारणको साइत नै जुरेको छैन ।

बेलैमा सन्तान नजन्माएका र रोजगारीमा संलग्न महिलालाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको गुनासो कतिपयले गर्न थालेका छन् । सासूससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश विवाहित महिला पनि चिन्तित देखिन्छन् । करिअर, अध्ययन आदिका कारण ढिलो सन्तान जन्माउने योजनामा रहेका महिलालाई विज्ञहरुले उर्वरता जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

यौनजन्य रोगबाट बच्नुहोस्
महिलाको उर्वरतासम्बन्धी एक तिहाइ समस्या एसटिडी अर्थात् यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अण्डालाई पाठेघरसम्म पु¥याउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र शारीरिक सम्पर्क गर्दा पनि यौनजन्य रोग लाग्ने भएकाले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपर्छ । नियमित परीक्षण गर्नुभयो भने तपाईंको समस्या थप जटिल हुने सम्भावना न्यून हुन्छ ।

धूमपान छाडिदिनुहोस्
धूमपानकै कारण संसारमा १३ प्रतिशत महिला निसन्तान र साबिकभन्दा १० वर्ष बढी बूढी देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउँदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धूमपान नगर्नेको तुलनामा गर्ने महिलामा ३० प्रतिशत बढी निसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई तीन वर्षभन्दा बढी समय लाग्छ ।
धूमपानले अण्डा उत्पादनमा नकारात्मक प्रभाव पार्छ । धूमपानको असरले महिलाको अण्डा निष्कासन गर्न बाधा पु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धूमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअगाडि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोस्
अकुपन्चरको शरीरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभिएफ गर्ने महिलाको अण्डा निष्कासन प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पीडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएका छन् । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निष्कासन गर्न पनि सहयोग पु¥याउँछ ।

सन्तुलित खाना खानुहोस्
शरीरको फ्याटलाई सदैव सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । कम तौल र न्यून तौल दुवै समस्याले बाँझोपनको समस्या ल्याउँछ । आफूलाई मनपर्ने व्यायाम गर्नुहोस र पोषणमा पनि ध्यान दिनुहोस् । परिष्कृत वा परिमार्जित खाना र ज्यादा चिनी सम्भव भएसम्म नखानुहोस् । खानालाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाको सेक्स हर्मोन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अण्डा निष्कासन प्रक्रियामा असर हुन्छ । त्यसैले भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् ।

मदिरा छाड्नुहोस्
मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ । किशोरी अवस्थामा पर्याप्त पिउनुभएको छ भने मासिक धर्मको प्रक्रियामा समेत प्रभाव पार्छ ।

पारिवारिक इतिहास बुझ्नुहोस्
तपार्इंको शरीर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ्य अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपार्इंको पारिवारिक इतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्मबारे बुझ्नुहोस् । यदि तपाईंकी आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपार्इंको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ । आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईंमा पनि हुन सक्छ ।

क्यान्सरबाट जोगिन काउली   

उच्च रक्तचाप नियन्त्रण गर्ने ८ उपाय

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live