समाचार

सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा बिस्तारित ल्याब सेवा सुरु

स्वास्थ्य खबरपत्रिका

सिमरा- बाराको सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा विस्तारित ल्याब सेवा सुरु भएको छ। विस्तारित ल्याब सेवा सोमबार उद्घाटन गरिएको हो। जितपुर सिमरा उपमहानगरपालिकाका नगरअधिकृत एवं प्राथमिक स्वास्थ्य केन्द्र सिमरा व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज बेलबासेले रिबन काटेर ल्याबको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बेलबासेले स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि आफू सदा कटिबद्ध रहने बताए। ल्याब बिस्तार गर्ने क्रममा समेत विविध अवरोध आएको जनाउँदै उनले त्यसका बावजुद कानुनि प्रक्रियाबाटै सेवा बिस्तार गरिएको जनाए। बेलबासेले स्वास्थ्य चौकी सिमरा यस भेगकै लागि अति आवश्यक सेवामूलक संस्था भएकाले यसको विकासका लागि आ–आफ्नो ठाउँबाट अघि बढ्न अनुरोध गरे।

बिस्तारित ल्याव सेवा उद्घाटन कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका डा. श्रवणकुमार मण्डल, व्यवस्थापन समितिका पूर्वअध्यक्ष सुमनकुमार भट्टराई, सदस्यहरु गोपी अधिकारी, मिनप्रसाद आपागाईं, माधव त्रिपाठी र  राधादेवी शाह उपस्थित थिए। यस्तै, सिमरा गाविसका निवर्तमान अध्यक्ष भोलप्रसाद अधिकारी, वरिष्ठ अधिवक्ता दामोदर पौडेल, समाजसेवी हरि थपलिया, जितपुर–सिमरा उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव वाग्ले, महासचिव युवराज पौडेल लगायत सरोकारवाला ल्याब उद्घाटनमा सहभागी भमएका थिए।

स्वास्थ्य केन्द्रका प्रमुख डा. अनुस थापा र अशोक जयसवालले ल्याब सेवाले सेवाग्राहीलाई पुग्ने फाइदाबारे आफ्ना कुरा राखेका थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live