समाचार

शुल्क बढाउन पिजीको भर्ना अवधि लम्बाइएको भन्दै विद्यार्थी संगठनको आक्रोश

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– आईओएम अन्तर्गत विशेषज्ञ तह (पिजी)को भर्ना अवधि लम्बाइएको प्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । त्रिभुवन युनिभर्सिटीले समति गठन गरी भर्ना तीन हप्ता लम्ब्याइएकोलाई चर्काे शुल्क असुल्ने नियतका रुपमा उनीहरुले बुझेका छन् । 

इन्सिच्युट अफ मेडिसिनमा विशेषज्ञ तहको भर्ना लम्बाइएको प्रति आपत्ति जनाउँदै पाँच विद्यार्थी संगठनले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले आईओएम पिजी फ्याकल्टी बोर्डले तय गरेको शुल्क स्वभाविक रहेको बताउँदै बढाइए आन्दोलन गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पिजी फ्याकल्टी बोर्डले तय गरेको २७ लाख रुपैयाँ शुल्क भन्दा बढी लिने निर्णय गरिए आन्दोलन गर्न बाध्य हुनेछौं ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live