Collapse
Expand

नर्सिङ

पोखरा क्षेत्रीय अस्पतालका भोलेन्टिएर नर्सको समस्या समाधान गर्ने मन्त्रालयको तयारी

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको भोलेन्टिएर नर्सको समस्या समाधान गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय लागेको छ । एक सय भन्दा बढी नर्स भोलेन्टिएर रुपमा काम गर्न बाध्य रहेको गुनासो आएपछि समाधान गर्ने तयारी थालेको हो । सरकारी अस्पतालमा नर्सलाई भोलेन्टिएरका रुपमा निःशुल्क काम लगाएर श्रम शोषण गरिएको भन्दै नर्सहरुका संघसंगठनले विरोध जनाए पछि मन्त्रालयले यस्तो कदम चाल्न लागेको हो ।

मंगलबार स्वास्थ्य मन्त्री गगन थापाले नेपाल नर्सिङ संघकी अध्यक्ष तारा  पोखरेल र नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्मालाई उक्त समस्या समाधान गर्न आफूले पहल गर्ने आश्वासन दिएका छन् । मन्त्री थापासँगको भेटपछि अध्यक्ष पोखरेलले भनिन्, ‘भोलेन्टिएरमा काम गरिरहेकाहरुलाई अस्पतालको आवश्यकता अनुसार तलबमा राख्ने आश्वासन दिनुभएको छ ।’ मन्त्री थापाले अस्पतालको आवश्यकताका कारण भोलेन्टिएरमा राखिएकाहरुलाई विकास समिति अन्तर्गत राखेर भएपनि दरबन्दीमा काम लगाउन पहले गर्ने अध्यक्षद्वयलाई बताएका हुन् ।

अध्यक्ष शर्मा र पोखरेल नर्सिङ संघको शाखाको भवन शिलान्यास गर्न जाँदा धेरै नर्सलाई भोलेन्टिएरका रुपमा निःशुल्क काम लगाइएको भेटेका थिए । मन्त्री थापालाई  भेटेर आज उक्त गुनासो गरेका हुन्। अस्पतालले दरबन्दी कम भएकाले केहीलाई र कतिले अनुभवका लागि काम गर्न दिन कर गरेपछि भोलेन्टिएर राखेको जनाएको छ । 

यसैगरी हरेक स्कुलमा नर्सको दरबन्दी हुने कुरालाई पनि आफूहरु कार्यान्वयन गर्न लागि परेको मन्त्री थापाले उनीहरुलाई बताएका छन् । स्कुलमा स्वास्थ्यकर्मी राख्ने भनेर गरिएको व्यवस्थामा नर्स मात्रै रहेन कुरामा पनि मन्त्री सकारात्मक छन् । मन्त्री थापासँगको भेट पछि अध्यक्ष पोखरेलले नर्सिङ क्षेत्रका समस्या समाधानका लागि मन्त्री थापा सकारात्मक रहेको पाइएको प्रतिक्रिया दिइन् । 

स्कुलमा नर्स अनिवार्य, जंकफुड र कोल्ड ड्रिङ्क्स निषेध गर्ने तयारी

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने