समाचार

एक घण्टा लाग्ने इएसआर परीक्षण अब २० सेकेन्डमा

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- प्याथोलोजी ल्याबमा रगतमा इडिथ्रोसाइट सेडिमेन्टेसन रेट (इएसआर) जाँच गर्दा कम समयमै सही नतिजा दिने नयाँ प्रविधि नेपालमा भित्रिएको छ। इटलीको ‘अली फ्याक्स’ कम्पनीमा निर्मित रोलर १० पिएन र रोलर २० एमसी अब नेपाली बजारमा आएको छ।

त्रिपुरेस्वरस्थित सुदीप इन्टरनेसनलले कम्पनीका प्रतिनिधिसहित काठमाडौँमा एक कार्यक्रम गरी उक्त प्रविधिबारे जानकारी गराएको हो। इएसआर रोलरबारे जानकारी दिँदै कम्पनीका एरिया मेनेजर ग्रिगोरियो डीले अहिले पुरानो प्रविधिबाट एक घन्टा लाग्ने परीक्षण नयाँ प्रविधिले २० सेकेन्डमा सक्ने बताए। यो उपकरणबाट रगतमा संक्रमण, क्यान्सर, अटो इम्युन (रोग प्रतिरोधात्मक क्षमता) लगायतका समस्या भए/नभएको परीक्षण गरिन्छ।

उनले अहिले नेपालमा भित्र्याइएको इएसआर मेसिनले विश्व बजारको ६० प्रतिशत हिस्सा ओगटेको दाबी गरे। उनका अनुसार करिब ६ हजार ५ सय मेसिनले युरोप, अमेरिका र एसियामा छिटो र गुणस्तरीय सेवा दिइरहेको छ।

कार्यक्रममा सुदीप इन्टरनेसनलका कार्यकारी प्रमुख भक्त हमालले गुणस्तका हिसाबले अति राम्रो यो प्रविधि मूल्यका हिसाबले नेपाली बजारले धान्न सक्ने भएको जानकारी दिए। हमालले थोरै ठाउँमा अट्ने र कम तौल भएको यो प्रविभि क्लिनिक, ल्याब तथा मेडिकल कलेज सबैलाई उपयोगी हुने बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live