समाचार

सेती अञ्चल अस्पतालको आफ्नै फार्मेसी सञ्चालन

शेरबहादुर ऐर

कैलाली- सेती अञ्चल अस्पताल धनगढीले आफ्नै मातहतमा रहने गरी फार्मेसी सञ्चालन गरेको छ। फार्मेसी सञ्चालनपछि सर्वसाधरणले अस्पताल हाताभित्रै सर्वसुलभरुपमा औषधि पाउने भएका छन्।
 
अस्पतालले ४६ लाखको लागतमा फार्मेसी सञ्चालन गरेको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अशोक श्रीपाईलीका अनुसार सो फार्मेसी सञ्चालनका लागि सरकारले १५ लाख, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) ले  १० लाख र अस्पताल विकास समितिले २१ लाख उपलब्ध गराएपछि फार्मेसी सञ्चालन गरिएको हो। 

फार्मेसीको बुधबार एक समारोहका बीच जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईंले उद्घाटन गरे । फार्मेसीको उद्घाटन गर्दै प्रशासक चापागाईंले फार्मेसी सञ्चालन भएस“गै विरामीहरुले सर्वसुलभरुपमा गुणस्तरिय औषधि पाउने बताए।

‘सरकारी अस्पतालले फार्मेसी सञ्चालन नगरेका कारण विरामीहरुले औषधि कम्पनीको नाम, मूल्य नसोधी किन्नुपर्ने बाध्यता रहेको थियो’, वरिष्ठ जनस्वास्थ्य चापागाईंले भने, ‘अब अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिना झण्झट औषधिको वास्तविक मूल्यमा नै सेवाग्राहीहरुले औषधि पाउने छन् ।’ 

सेती अञ्चल अस्पतालका सेवानिबृत मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंहले इर्मेजेन्सी वार्डमा आउने जटिल खालका बिरामीहरुका आफन्तले औषधि लिन बाहिर टाढा जानुपर्ने बाध्यता र इर्मेजेन्सी औषधि नपाउने अवस्था रहेकोकोमा अब अस्पतालले अस्पताल हाताभित्रै फार्मेसीले सञ्चालन गरेकोले त्यो अवस्थाबाट केही हदसम्म सेवाग्राहीहरुले राहत पाउने बताए । 

मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीपाईलीले हाल फार्मेसीमा सात सय प्रकारका औषधि राखेको बताउ“दै थप अन्य औषधि पनि विस्तारै थप्ने बताए । उनले फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधि खरिद गर्न पाउने जानकारी दिए ।


सेवाग्राहीहरुले एउटै औषधिलाई फार्मेसीपिच्छे फरकफरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफै“ले फार्मेसी सञ्चालन गर्दा निजि फार्मेसीको लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट पाउने मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीपाईलीले बताए ।  

अस्पताल परिसरभित्रै फार्मेसी सञ्चालन भएपछि अस्पतालमा आउने सेवाग्राहीहरुले आफूहरुलाई धेरै सहज भएको बताए । उनीहरुले अस्पताल परिसरमा नै फार्मेसी भएपछि मूल्यमा ठगिन र गुणस्तहिन औषधिबाट धेरै राहत मिलेको समेत बताए । 

सरकारी अस्पतालले आफैँले अनिवार्यरुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले निर्णय गरी फार्मेसी सञ्चालन गर्न निर्देशन र वजेट विनियोजन गरेको थियो । सोही बमोजिम सेती अञ्चल अस्पतालमा पनि फार्मेसी सञ्चालन गरिएको हो । 

यसअघि कैलालीको जोशीपुर र भजनी प्राथमिक स्वास्थ्य केन्द्रले आफनै फार्मेसी सञ्चालनमा ल्याईसकेको छ भने मालाखेती, टीकापुर अस्पताल र उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रले पनि छिट्टै आप्mनो फार्मेसी सञ्चालनमा ल्याउने वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने