मुख्य समाचार

हेल्थ अवार्ड २०७४ सम्बन्धी जरुरी सूचना

स्वास्थ्य खबरपत्रिका

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति एवम् संस्थालाई स्वास्थ्य खबरपत्रिकाले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान गर्दै आएका छ । सातौँ हेल्थ अवार्डका लागि निम्न उल्लेखित विधामा निम्नानुसारका मापदण्ड निर्धारण गरिएको छ । यसभित्र पर्ने व्यक्ति वा संस्थाले अवार्डका लागि मनशाय पेश गर्न सक्नुहुनेछ र आफूलाई उपयुक्त लागेको व्यक्ति वा संस्थालाई जेठ मसान्तभित्र कारणसहित सिफारिस गर्न पनि सकिनेछ ।

सम्मान गरिने विधाहरु

उत्कृष्ट चिकित्सक

उत्कृष्ट नर्स

उत्कृष्ट जनस्वास्थ्यकर्मी

उत्कृष्ट स्वास्थ्य संस्था वा अस्पताल

उत्कृष्ट स्वास्थ्यकर्मी

उत्कृष्ट सामाजिक संस्था

मापदण्ड

सरकारी, सामुदायिक वा व्यक्तिगत रुपमा सेवा दिएको,

सिमित स्रोतसाधनमा उल्लेखनीय सेवा दिएको,

व्यक्तिगत समस्यालाई प्राथमिकतामा नराखी सेवा दिएको,

व्यक्तिगत पहलमा पनि ग्रामीण क्षेत्रमा पुगी सेवा दिएको,

विज्ञताभन्दा फरक खालका सेवा पनि दिएको,

बिरामी वा संस्थाको कुशल व्यवस्थापन गर्न सफल,

इमान्दारीपूवर्क गुणस्तरीय सेवा प्रवाह गरेको,

स्थानीय निकायसँग समन्वयन गरी कुशलापूर्वक कार्यसम्पादन गरेको,

नयाँ सेवाको सुरुवात र पहल गरेको,

बिरामीको थप उपचारका लागि व्यक्तिगत वा संस्थागत रुपमा पहल गरेको,

स्थानीयको विश्वास जितेको

(माथिका ११ मध्ये ८ बुँदाभन्दा बढी मेल खाएको अवस्थामा अवार्डका लागि दाबी वा सिफारिस गर्न सकिनेछ)

सम्पर्क स्वास्थ्य खबरपत्रिका, नयाँ वानेश्वर, काठमाडौँ। फोन नं. ०१–४१०५०८२

इमेलः healthaward.skp@gmail.com

        healthnewspaper@gmail.com

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने