विश्व स्वास्थ्य

यमनमा हैजाका कारण दुई सय बयालीसको मृत्यु: डब्लुएचओ

स्वास्थ्य खबरपत्रिका

उपचाररत बालक। तस्बिर: युनिसेफ


साना- यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २४२ पुगेको छ भने झन्डै २३ हजार ५०० व्यक्ति हैजाका कारण बिरामी परेको विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ।

यमनस्थित डब्लुएचओको कार्यालयले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रूपमा फैलिएकोे बताएको छ । सो कार्यालयले बिहीबारमात्र २३ जना यमनीको हैजाका कारण मृत्यु भएको बताएको छ।

डब्लुएचओका नेभियो जागारियाका अनुसार बिहीबार एकै दिनमा २३ जनाको मृत्यु भएको र करिब तीन हजार शंकास्पद विरामी उपचारका लागि सम्पर्कमा आएको बताए।

युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई बुधबार दिएको जानकारीमा यहाँ दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने गरेका छन्।

सानामा पछिल्लो समय युनिसेफ, आईसीआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लगायतका अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले हैजाको प्रकोप नियन्त्रणका लागि यहाँको सरकार र स्वास्थ्य सङ्घसंस्थालाई सघाउँदै आएका छन्।

हैजाको प्रकोपका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरूमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले सङ्कटकालको घोषणा गरी नियन्त्रण प्रयासलाई थप सशक्त पारेको छ।

यमनमा सन् २०१७ मा हैजाको प्रकोप दोस्रोपटक देखिएको हो । यमनको द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरूमा समेत आक्रमण भई प्रायजसो संरचना भत्केकाले बिरामीहरूलाई उपचार गर्ने उचित स्थानको समस्या रहने गरेको छ। रासस÷सिन्ह्वा÷एएफ्पी

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live