समाचार

खोटाङ : प्रवासी नेपालीबाट एम्बुलेन्स

स्वास्थ्य खबरपत्रिका

खोटाङ- खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ।

खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रवासबाट एम्बुलेन्स प्रदान गरिएको समाजका सचिव पर्शुराम श्रेष्ठले बताए। कतार, मलेसिया, साउदी अरब, दक्ष्णि कोरियालगायत देशमा कार्यरत युवाबाट सङ्कलित रु १८ लाख एम्बुलेन्स खरिद गरिएको हो।

खोटाङ सेवा समाजले शुक्रबार खोटाङ एकता सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने