विचार/ब्लग

कविता– प्रेमको बन्ध्याकरण

तिर्थराज अाचार्य

पहिले–पहिले तिम्रो फोन आउँदा लाग्थ्यो,
मेरो माया पिल्स चक्की भएछ 
मायाको धागो तन्काउँ भन्यौ त्यसपछि
तिमीले नै तिन महिने डिपो बनायौ
मैले अझैँ तन्काउँ भनेर इम्प्लान्ट बनाएँ  
तिम्ले बनाउने नै भए ‘आइयुसिडी’झैँ बाह्र वर्षे होइन प्रिय 
‘स्टेरलाइज’ गरेर जीवनभरका  लागि बनाउँ भन्यौ

मलाई हाम्रै गतिबिधिले  घच्घच्याइराथ्यो
मलाई झुक्याएर  तिमीले मेरो मायालाई
‘इमर्जेन्सी कन्ट्रासेप्टिक’ बनायौ 

‘डिपोझैँ’ भए मायामा उतार चढाव आउँछ भन्यौ
५ बवर्षे माया दुनियाँले देख्छन् भन्यौ
मैले तिम्रो विश्वासमा प्रेमको ‘बन्ध्याकरण’ गरे
तर तिम्ले मेरो बन्ध्य्याकरणको फाइदा उठाएर
मायामा ‘डिफल्टर’ गरायौ 

हाम्रो मायाको ‘करेन्ट युजर’मा तलमाथि भयो
मायाको मासिक रिपोर्टमा ‘कन्सिटेन्सी’ आएन

त्यसपछि प्रिय
न ‘सेफ मदरहुड’को योजना  नै बन्यो  
न मायाको ‘प्रजनन्’ नै गतिलो भयो

आखिरीमा हाम्रो मायालाई तिम्ले बारम्बार ‘एबोर्ट’ गरेर 
‘इन्फर्टीलिटी’ हुँदै ‘स्टेरिटीको’ रुप दियौ
अहिले तिमि ‘फर्टायल’ खाेज्दै हिँडेकी छ्यौ रे 
तर म ‘पर्मानेन्ट स्टेराइल’ भइसकें
आचार्य जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका हेल्थ असिस्टेन्ट हुन् ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live