घरमै डाक्टर

सनग्लासको प्रयोग गर्छु तर, सधैँ बेलुका आँखा बिझाएको जस्तो हुन्छ, किन होला? सनग्लासको असर त होइन?

स्वास्थ्य खबरपत्रिका

म २४ बर्षको छु। सनग्लासको प्रयोग गर्छु तर, सधैँजसो बेलुका आँखा बिझाएको जस्तो हुन्छ, । किन होला? सनग्लासको असर त होइन?- सृजना


अहिले काठमाडौँको वातावरण निकै प्रदुषित छ । धुलोँ धुवाँका कारण आँखा जोगाउन धेरैले सनग्लास प्रयोग गर्छन् । तर सनग्लासको गुणस्तर राम्रो नभएमा, बढी तात्ने भएमा आँखाको सतहमा रहेको आँसु चाडै बाष्पिकरण भएमा आँखा पोल्ने र बिझाउने हुन सक्छ । प्रायजसो गुणस्तरीय सनग्लासले शीतलता र आराम प्रदान गर्छ । यसले प्रकाशमा रहेका हानिकारक विकिरण जस्तै अल्ट्रभाइलेटलाई फिल्टरगरी आँखाभित्र पस्नबाट रोक्छ, जसले गर्दा रेटिनालाई विकिरणबाट हुने क्षतिबाट जोगाउँछ । गुणस्तरहीन डार्क सनग्लासको प्रयोग सकेसम्म नगर्नु बेस हुन्छ । तपाईको समस्या समाधानका लागि सफा पानीले मुख धुने र कृत्रिम आँसु दिनको ३–४ पटक प्रयोग गर्न सकिन्छ । तर त्योभन्दा पहिला तपाईंले एकपटक  सम्बन्धित चिकित्सकको परामर्श लिदाँ धेरै नै राम्रो हुन्छ।

डा. आनन्द शर्मा, नेत्ररोग विशेषज्ञ,शिक्षण अस्पताल, महाराजगञ्ज


कम्प्युटर, टिभी र मोबाइलले आँखामा हुने रोग के हो ? कसरी बच्ने ?

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने