मुख्य समाचार

पटके औषधि व्यवस्थित गर्न नयाँ कार्यविधि लागू

img

डिबी खड्का

काठमाडौं– पटके औषधिलाई व्यवस्थित गर्न नयाँ कार्यविधि बनाइएको छ। सरकारले औषधिको विशेष सिफारिस सम्बन्धि कार्यविधि २०७४ लागू गरेको छ।

नेपालमा दर्ता नभएका तर त्यस्ता औषधिको अभावमा बिरामीको जीवन खतरामा पर्न सक्ने, उपचारमा कठिनाइ, रोग निदानमा समस्या हुने तथा स्थायी रुपमै अपांग हुन सक्ने अवस्थाका बिरामीका लागि आवश्यक पर्ने औषधिको व्यवस्थित पैठारीका लागि यो कार्यविधि लागू गरिएको हो।

यसअघि माथि उल्लेखित अवस्थाका लागि भन्दै करोडौंको औषधि भित्र्याउने गरिएको थियो । पटके सिफारिसका नाममा विभिन्न औषधि भित्र्याउने  गरिएको पाइएपछि यसलाई व्यवस्थित गर्न सरकारले कार्यविधि बनाएको हो।

कार्यविधि अनुसार पैठारीकर्ताले सिफारिसका लागि आग्रह गरेको औषधि बारे यथार्थ मूल्यांकन गर्न औषधि मूल्यांकन समिति गठन गरिनेछ । जसको संयोजक स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख रहनेछन् । उनीहरुले पैठारी गर्न उपयुक्त रहेको खन्डमा मात्रै यस्ता औषधि निश्चित मात्रा समेत तोकेर अनुमतिका लागि सिफारिस गर्नेछन्।

नेपालमा दर्ता नभएका औषधिको विशेष सिफारिस दिँदा बढीमा सय जना बिरामीका लागि मात्र अनुमति दिइने व्यवस्था गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन्।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live