मुख्य समाचार

स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीको बिदाइ

img

डिबी खड्का

काठमाडौँ– स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती सेवानिवृत्त भएका छन्। स्वास्थ्य सेवा अन्तर्गत काम थालेको ३८ वर्षपछि सोमबार उनले औपचारिक रुपमा बिदा लिए।

स्वास्थ्य मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा डा. उप्रेतीले आफूले स्वास्थ्य क्षेत्रका लागि सकेको काम गरेको बताए। हेल्थ असिस्टेन्टबाट स्वास्थ्य क्षेत्रको करियर सुरु गरेका डा. उप्रेती डाक्टर बन्दै स्वास्थ्य सचिवसम्म बने। उनले आफू सफल हुुनुमा सहकर्मीको ठूलो सहयोग रहेको जनाएका थिए। उनले बिदाइको अवसरमा भने, ‘सचिवसम्मको ओहोदामा पुग्दा शिर निहुराउनुपर्ने कुनै काम गरेको छैन। अब पूर्व सचिवका रुपमा पनि शिर झुकाउनुपर्ने गरी केही काम गर्नेछैन। आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रलाई सक्दो सहयोग नै गर्नेछु।’

स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले डा. उप्रेती जहाँ पुगे पनि आफूलाई कुशल रुपमा प्रस्तुत गर्न सक्ने क्षमताको धनी भएको भन्दै प्रशंसा गरिन्। उनले अप्ठ्यारो अवस्थामा पनि डा. उप्रे्रतीले विचलित नभई आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताइन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live