मुख्य समाचार

एउटै जिम्मेवारीमा अघि–अघि डा.‍ सेनेन्द्र, पछि–पछि डा. किरण

img

डिबी खड्का

काठमाडौँ– स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीको अवकासपछि स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीको काँधमा आइपुगेको छ। सचिव डा. उप्रेतीको सोमबार बिदाइसँगै मन्त्रालयकी एक मात्र प्रमुख विशेषज्ञ डा. रेग्मी निमित्त सचिव भएकी हुन्। डा. उप्रेतीको बिदाइ कार्यक्रममा डा. रेग्मीले कुशल ढंगले सचिवको जिम्मेवारी पूरा गर्नु भएको भन्दै प्रसंशा गरिन्।

कार्यक्रममा डा. रेग्मीले डा. उप्रेती अघि–अघि र आफू पछि–पछि सोही जिम्मेवारीमा आइपुग्ने संयोग मिलेको बताइन्। डा. उप्रेतीले भरतपुर अस्पताल प्रमुख, परिवार स्वास्थ्य महाशाखा निर्देशक र अहिले सचिवको जिम्मेवारी छोडेपछि तीन वटै पदमा उनको नेतृत्व डा. रेग्मीको काँधमा आएको हो। डा. रेग्मीले भनिन्, ‘मैले डा. उप्रेतीलाई जुन–जुन निकायबाट बिदाइ गर्ने अवसर पाएँ, उहाँलाई त्यो भन्दा उच्च ओहदामा सफल भएको भेटेकी छु। यो उहाँको क्षमताले सम्भव भएको हो।’

डा. रेग्मीले आफू स्वास्थ्य सचिवको जिम्मेवारी लिन पूर्ण तयार रहेको जनाउँदै भनिन्, ‘म उहाँको योगदानको कदर गर्दै इमान्दारपूर्वक काम गर्न प्रतिबद्ध छु।’ प्राविधिक (डाक्टर) ले प्रशासनमा समेत सफल नेतृत्व गर्न सक्छन् भन्ने पुष्टि डा. उप्रेतीले गर्नुभएको भन्दै डा. रेग्मीले आगामी दिनमा पनि प्राविधिकले सचिव भएर काम सम्हाल्ने कुरामा ढुक्क हुन आग्रह गरेकी थिइन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live