मुख्य समाचार

आमाको मृत्युपछि जुम्ल्याहा बच्चा अस्पतालमै छाडेर हिँडे बाबु, उपचारमा सहयोग गर्न अस्पतालको आग्रह

स्वास्थ्य खबरपत्रिका

तुलसीपुर– सुत्केरी लगत्तै आमाको मृत्यु भएपछि जुम्ल्याहा नवजात शिशु अस्पतालमै विचल्लीमा परेका छन् । राप्ती गाउँपालीका वडा नं ९ घोषखोला निवासी ४१ वर्षीय पातली रोकाको सुत्केरी भएको केही घन्टामा मृत्यु भएको हो। घरमै जुम्ल्याहा सन्तान जन्माएकी उनको रक्तश्राव नरोकिएपछि लमही अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउन ढिलो गरिएका कारण आमाको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा ईश्वरी खनाल अत्याधिक रक्तश्रावका कारण आमाको मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको बताउँछन्।

आमासँगै अस्पताल ल्याइ पुर्याइएका जुम्ल्याहा नवजात शिशु अस्पतालमै छाडेर आफन्त भने सम्पर्कविहीन भएका छन्। अस्पतालले बुटवल वा नेपालगञ्ज लगेर एनआईसियूमा राखेर शिशुको थप उपचार गर्नुपर्ने बताएपछि बाबु दिनबहादुर र उनीसँगै आएका आफन्त सम्पर्क विहीन भएको डा खनालले बताए । ‘आफूसँग उपचार गर्ने पैसा नभएकाले बच्चा घर लैजाने भन्नुभएको थियो तर उपचार नगरे ती शिशु बाँच्नै अवस्था छैन । त्यसैले उपचार गर्ने रकमको जोहो नगरुन्जेल यही अस्पतालमै उपचार गरिराख्छौं भनेर पठायौं । उहाँहरु हिजोदेखि सम्पर्कमै आउनुभएन,’ डा खनालले भने ।

अस्पतालमा एनआईसियू नभएका कारण अर्काे अस्पतालमा पुग्ने खर्च सहित रिफर गर्न खोजिएपनि उपचार गर्न नसक्ने भन्दै ती शिशुका बाबुले अस्वीकार गरेका थिए। लमही अस्पतालमा उपचार गरिरहेका बेला शिशुको अवस्था थप जोखिमपूर्ण भएपछि नजिकैैको तुलसीपुर बाल अस्पतालमा पुर्‍याएर उपचार थालिएको छ। आफन्त सम्पर्कमा नआएपछि निजी लगानीमा सञ्चाल उक्त बाल अस्पतालमा पनि उपचारका लागि समस्या हुने डा खनाल बताउँछन्। उनी भन्छन्, ‘कतैबाट जुट्यो भने शिशुको ज्यान जोगाउन सकिन्थ्यो।’ उनीहरुको उपचारमा सघाउनका पनि डा खनालले आग्रह गरेका छन् । सहयाेगी हातहरुले लमही अस्वापताल तुलसीपुर बाल अस्पताल र डा खनाललाइ सम्पर्क गर्नसक्नेछन्।  तुलसीपुर बाल अस्पतालका बालरोग विशेषज्ञ डा किशोर खत्रीले ती शिशुको उपचार गरिरहेका छन् ।

मजदुरी गरेर जिविकोपार्जन गरिरहेका दिन बहादुरले शिशुको उपचारका लागि रकमको जोहो गर्न नसक्न देखेपछि सम्पर्क विहीन भएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे जिल्ला प्रशासन कार्यलाई जानकारी गराइसकिएको छ ।

दिन बहादुरलाई चिन्नेका अनुसार उनको घरमा २१ वर्षका अपाङ्गता भएका छोरा रोमबहादुर, अर्की अपाङ्गता भएकी १३ वर्षकी छोरी चुमा छिन्। यसैगरी अर्काे एक ९ वर्षीय छोरा पनि छन् ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live