समाचार

एसईईमा सबै विषयमा ए प्लस ल्याउने पाण्डे भन्छन्ः मुटुरोग विशेषज्ञ बन्छु

चन्द्रकान्त खनाल

रुपन्देही- रुपन्देहीका आदर्श पाण्डेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै विषयमा ए–प्लस ल्याएका छन्। पाण्डे रुपन्देहीको सैनामैना नगरपालिका– ८ मा रहेको रामापुर रिभाईबल बोडिङ्ग स्कुलका छात्र हुन्। सबै विषयमा एप्लस ल्याएका उनी नेपाल टप भएको दाबी विद्यालयले गरेको छ। 

पाण्डेले प्लस टुमा विज्ञान विषय लिएर पढ्ने र त्यसपछि एमबिबिएस हुँदै मुटुरोग विशेषज्ञ बन्ने लक्ष्य रहेको बताएका छन्। ‘सानैदेखि डाक्टर बन्ने लक्ष्य लिएको थिएँ,’ उनले भने, ‘डाक्टर बन्नका लागि खुड्कीलो चढ्दै छु। म मुटुरोग विशेज्ञ भएर नेपालीको सेवा गर्न चाहन्छु।’ सानो उमेरमा निमोनीयाले थलाएको र आमा पनि बिरामी भैरहेने समस्या भोगेपछि भविष्यमा डाक्टर बन्ने सपना देखेको उनले बताए। २०५७ सालमा जन्मेका पाण्डे नर्सरीदेखि नै उक्त विद्यालयमा पढ्दै आएका थिए। 

सानै उमेरदेखि पढाईमा अबल्ल पाण्डे कक्षा ९ सम्म नै विद्यालयमा प्रथम हुँदै आएका थिए । पढाईसँगै पाण्डे अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुने गर्छन्। पाण्डे कविता बाचन, लेखन, साहित्य, हाजिरिजवाफ प्रतियोगितामा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live