घरमै डाक्टर

किशोर अवस्थामा कस्ता किसिमका शारीरिक तथा मानसिक परिवर्तनहरु हुन्छन् र किन ?

स्वास्थ्य खबरपत्रिका

कशोरावस्थामा शारीरिक परिवर्तनको प्रमुख कारण त मानव विकासको प्रक्रिया नै हो। प्रकृतिले त्यसबेला रागरस (हर्मोन) उत्पन्न गराउँछ र यो मानव शरीरको एक ग्रन्थ्रि पिट्युटरी ग्रन्थिले नियन्त्रण गर्दछ। यसै ग्रन्थीले नै अरु विभिन्न किसिमका ग्रन्थी तथा हर्मोनहरु उत्पादनलाई नियन्त्रण गर्दछ। किशोरावस्थामा प्रजनन अंगहरु र प्रजनन प्रक्रियाको विकास हुने हुँदा यस अवस्थामा नै ग्रन्थी हर्मोनहरु सक्रिय भई विभिन्न शारीरिक परिवर्तन देखा पर्ने तथा शारीरिक परिवर्तन र प्राकृतिक एवं समाजिक अपेक्षा अनुरुपका मानसिक परिवर्तनहरु देखा पर्दछन्।

किशोरअवस्थामा निम्न अनुसारका शारीरिक तथा मानसिक परिवर्तनहरु हुन्छन्ः

केटाहरुमा हुने मुख्य शारीरिक परिवर्तन

१. शरीर हलक्क बढ्नु

२. हर्मोनहरुमा तीब्र बृद्धि हुन

३. लिंग वरिपरि, काखीमा, छातीमा रौँहरु उम्रनु, दाह्री जुङ्गाको रेखी बस्नु

४. लिंग र अण्डकोषको आकारमा वृद्धि हुनु

५. आवाजमा परिवर्तन आउनु र स्वर धोद्रो हुनु

६. स्वप्नदोष हुनु र वीर्य स्खलन हुन थाल्नु

७. छाती चौडा हुनु

केटीहरुमा हुने मुख्य शारीरिक परिवर्तन

१. शरीर हलक्क बढ्नु

२. कम्मरमुनिको भाग चौडा हुनु, तिघ्रा सोली आकारको हुनु

३. हर्मोनहरुमा तीब्र वृद्धि हुनु

४. योनी वरिपरि, काखीमा रौंहरु उम्रिनु

५. स्तन विका हुँदै जानु

६. योनीको आकारमा वृद्धि हुनु

७. आवाजमा परिवर्तन भई सुरिलो हुँदै जानु

८. महिनावारी सुरु हुनु

केटा तथा केटीहरुमा हुने मनोसामाजिक (मानसिक तथा सामाजिक) परिवर्तनहरु

१. लाज लाग्न सुरु हुनु

२. एकोहोरो टोलाएर बस्नुर कल्पाशील हुनु

३. आफ्ना भावनाहरु अरुले बुझून् भन्ने लाग्नु

४. विपरीत लिङ्गी व्यक्तिहरुप्रति आकर्षण बढ्नु

५. यौन चाहना विकास हुनु

६. आफूलाई अरुले उछिनेको कुराले पिरोल्नु

७. समाज र व्यक्तिबारे उत्सुकताको वृद्धि हुनु 

८. पुस्तैनी भिन्नता (जेनेरेसन ग्याप) देखा पर्नु । जस्तै: आफ्ना अघिका पुस्ताका मानिसको सोचाइ र विचार पुरानो भएको बारेमा प्रतिक्रियाहरु दिनु

९. समाजले केटा र केटी (किशोर र किशोरी)का लागि दुई छुट्टै भूमिका निर्धारण गर्न थाल्नु । जस्तै किशोरलाई पारिवारिक जिम्मेवारी र किशोरीलाई विवाह गरी अरुको घर जाने व्यक्तिका रुपमा हेरिनु

१०. किशोर र किशोरीहरुको आ–आफ्नो छुट्टाछुट्टै समूह निर्माण गर्न र छलफल गर्न सुरु हुनु।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने