समाचार

चितवन मेडिकल कलेजमा ३ वटा डायलाइसिस मेसिन थपिए

राजेन्द्र आचार्य

चितवन– चितवन मेडिकल कलेजले मिर्गौलाको डायलाइसिसका लागि तीनवटा मेसिन थपेको छ। कलेजले यसअघि पाँचवटा मेसिनबाट डायलाइसिस सेवा दिँदै आएको थियो। बिरामीको चापलाई मध्यनजर गर्दै मेसिन थप गरिएको अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अरुण सेडाईंले जानकारी दिए।

चितवनमा मिर्गौला परीक्षण गर्ने र डायलाइसिस गर्ने बिरामीको चापको अनुपातमा मेसिन र दक्ष जनशक्तिको अभाव भइरहेका बेला सेवालाई थप प्रभावकारी बनाउन उच्च प्रविधिको मेसिन ल्याएर काम थालेको उनले बताए। अब अस्पतालले २४सै घन्टा मेसिन सञ्चालन गर्दा दैनिक ३२ जनालाई डायलाइसिस सेवा दिन सक्नेछ। अस्पतालले हालसम्म दुई सय १५ जनालाई डायलाइसिस सेवा दिइसकेको छ। अहिले अस्पतालमा नियमित सेवा लिने ६७ जना बिरामी छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live