घरमै डाक्टर

बच्चाको पिसाबबाट प्रोटिन निस्कने समस्याले मिर्गौला पूरै बिगार्ने समस्या के हो?

None


बच्चाको पिसाबबाट प्रोटिन निस्कने समस्याले मिर्गौला पूरै बिगार्ने समस्या के हो? - बिजी


बच्चाहरुमा देखिने यो समस्या ‘नेफ्रोटिक सिन्ड्रोम’ हो। पिसाबबाट प्रोटिन निस्कने समस्यालाई नेफ्रोटिक सिन्ड्रोम भनिन्छ। धेरैजसोमा यो समस्या वंशाणुगत हुन्छ। पिसाबमा प्रोटिन जाने समस्या सामान्यदेखि जटिलसम्म हुन्छ। केहीमा सामान्य औषधि चलाउँदा निको हुने खालको हुन्छ भने केहीमा पटक–पटक समस्या दोहोरिरहने, औषधिले पनि काम नगर्ने हुन सक्छ। औषधिले काम गरेको छैन भने त्यस्ता बच्चालाई मिर्गौलाको बायोप्सी गरी थप परीक्षणमार्फत उपचार प्रक्रिया अगाडि बढाइन्छ। किनभने समयमा नै प्रोटिन जाने समस्या रोकिएन भने त्यसले भित्रभित्रै मिर्गौला पूरै बिगारिसकेको हुन्छ।

बच्चाको पिसाबबाट प्रोटिन गएको छ भने उक्त बच्चा विस्तारै सुन्निँदै गइरहेको हुन्छ। पिसाबमा धेरै फिँज आउने, पिसाब कम लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्तो समस्या आउनेबित्तिकै अभिभावकले बालबालिकालाई अस्पताल ल्याउनुपर्छ। यो समस्यामा धेरै बालबालिकालाई औषधिले नै काम गर्छ। तर, औषधि खाएको केही समयपछि पुनः दोहोरिन्छ भने मिर्गौलाको अवस्था हेरेर थप उपचार गर्नुपर्ने हुन्छ।

- डा. विवेक तोदी

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने