मुख्य समाचार

लाइसेन्समा पास गराइदिन फेल भएका डाक्टरको गगन थापालाई फोन !

img

प्रवीण ढकाल

फाइल तस्विर


काठमाडौं– विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स)मा फेल भएका डाक्टरहरुले पास गराइदिन निवर्तमान स्वास्थ्य मन्त्री गगन थापालाई फोन गरेका छन् । आफूलाई आज बिहानसम्ममा १० जना जतिले पास गराइदिन अनुरोध गर्दै फोन गरिसकेको उनले बताएका छन् । 

मुना मेमोरियल ट्रष्टले वीर अस्पतालमा आयोजना गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई दिनअघि मात्रै निस्किएको विशेषज्ञ चिकित्सकको नाम दर्ताको नतिजामा ७० प्रतिशत डाक्टर अनुत्तीर्ण भएका थिए । 

आफ्नो बलबुताले उक्त परीक्षा पार लगाउन सक्ने स्थिति नदेखेपछि उनीहरु भनसुनमा अघि बढेको मन्त्री थापाले बताए । उनले भने, ‘चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अनुमति पाउने परीक्षामा भनसुन चल्नु हुँदैन । दक्ष डाक्टरहरुलाई पास गराउन भनसुन गर्नुपर्दैन । अदक्षलाई पास गराएर जनताको स्वास्थ्य माथि खेलबाड गर्न छुट दिनु हुँदैन ।’

निवर्तमान मन्त्री थापालाई पास गराउनका लागि दबाब दिन आग्रह गर्नेहरु कहीँ न कहीँबाट राजनीतिक सम्बन्ध भएकाहरु रहेका छन् । यस्ता कुरामा राजनीति गर्न नहुनेमा आफू मन्त्री रहँदादेखि नै स्पष्ट रहेकाले उनीहरुको आग्रह सुनेको नसुन्यै गरेको मन्त्री थापाले बताएका छन् । 
यसैगरी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका मेडिकल कलेजहरुले पोष्ट ग्य्राजुएट (पिजी) मा मेरिटका आधारमा भर्ना लिनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् । 

मेरिटलाई लत्याएर भर्ना लिएको विषयमाथि आपत्ति जनाउँदै योग्य डाक्टरलाई पन्छाएर राम्रो जनशक्ति उत्पादन गर्न रोकिएको बताए । उनले भने, ‘कुनै पनि हालतमा मेरिट लिष्ट भन्दा बाहिर गएर भर्ना गर्ने वातावरण बन्नु हुँदैन ।’ 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने