मुख्य समाचार

स्वास्थ्य मन्त्रालयले बनायो संघीयता कार्यान्वयन एकाइ, यस्ता छन् ९ काम

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्रालयले संघीयताको कार्यान्वयनका लागि एकाइ गठन गरेको छ। मन्त्रालयले संघीयतामा स्वास्थ्य क्षेत्रको सुरक्षित अवतरण तथा व्यवस्थापनका लागि नीति, योजना, अवधारणा र सरकारका परिपत्रलाई अध्ययन गरी कार्यान्वयन गर्न एकाइ गठन गरेको हो।

आइतबार बसेको सचिवस्तरीय निर्णयले प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक मोहम्द दाउदको संयोजकत्वमा १० सदस्यीय एकाइ गठन गरेको हो।

एकाइको सदस्यहरुमा मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक गिरीराज सुवेदी, स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्त ओझा, मन्त्रालयका आयुर्वेद चिकित्सक सवरी शाह, जनस्वास्थ्य प्रशासकद्वय यसोदा अर्याल र भीमप्रसाद सापकोटा, नर्सिङ अधिकृत हिरा निरौला, लेखा अधिकृत सुरेश शर्मा, आखा अधिकृत सुरज घिमिरे र कृष्णकुमारी श्रेष्ठ छन्।

एकाइले गर्ने ९ काम

१. प्राविधिक सल्लाहकार समितिसँगको समन्वय र स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरे अनुसार संघीयता कार्यान्वयन सम्बन्धमा आइपर्ने सबै काम गर्ने, गराउने।

२. संघीयता कार्यान्वयनका सन्दर्भमा आइपरेका समस्या तथा यसको समाधानका उपयुक्त विकल्पबारे स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने।

३. संघीयता कार्यान्वयनका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भए÷गरेका काम कारबाहीको अनुगमन तथा सुपरीवेक्षण गरी स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन दिने।

४. संघीयता कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रायले गर्नुपर्ने कार्यहरुका सम्बन्धमा कार्यान्वयनको सम्भाव्य प्रक्रियासहित मन्त्रालयलाई सुझाव दिने।

५. संघीयता कार्यान्वयनकै सिलसिलामा तत्कालीन अवस्थामा आइपर्ने कठिनाइ सामना गर्न उपयुक्त विकल्पको पहिचान गर्ने, कार्यान्वयनमा मन्त्रालयलाई सहयोग गर्ने।

६. संघीयता कार्यान्वयन सम्बन्धमा स्वास्थ्य मन्त्रालय, मातहतका निकायहरु, प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयसँग समन्वय गर्ने।

७. केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा आवश्यकता अनुसार सरोकारवालाहरुसँग अन्तर्क्रिया गर्ने।

८. उपरोक्त कार्यका लागि आवश्यकता अनुसार सम्बन्धित दातृ निकायहरुसँग समन्वय गर्ने।

९. सम्बन्धित विज्ञहरुलाई आवश्यकता अनुसार आमन्त्रण गरी सल्लाह–सुझाव लिने।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live