समाचार

बालबालिकाको खेलौनामा हुने हानिकारक रसायन नियन्त्रण मापदण्ड लागू

स्वास्थ्य खबरपत्रिका

काठमाण्डौ– बालबालिका खेलौनामा घातक रसाययन नियन्त्रण गर्ने मापदण्ड आजबाट कार्यान्वयनमा आएको छ । सरकारले मिति २०७४ साल असार ३१ गतेदेखि  खेलौनाहरुमा ग¥हुङ्गो धातु लगायत अन्य घातक रसायनहरु सम्बन्धि मिति २०७३ माघ ३ गते राजपत्रमा सूचना प्रकाशन गरी जारी गरेको हो । 

यो मापदण्डको प्रभावकारी कार्यान्यवनले नेपाली बालबालिकाहरुको स्वस्थ्य र सुरक्षित खेल्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारले गरेको बालमैत्री, स्वास्थ्यपरक एवं बातावरणमैत्री निर्णयको लागि हरेक बालबालिका तर्फबाट जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले स्वागत गरेको छ । केन्द्रका कार्यकारी निर्देशक तथा बातावरण बैज्ञानिक राम चरित्र साहले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,  ‘बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्यवन गर्न गराउन सम्बन्धित सबै सरकारी निकाय, ब्यापारी, विक्रिवितरण एवं आयात र बजार अनुगमनकारी निकायहरुसँग जोडदार माग गरिन्छ ।’

नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बालबाबलिकाहरुले प्रयोग गर्ने वा बालालिकाहरुका लागि प्रयोग हुने खेलौनामा ग¥हुङ्गो धातु लगायतका तत्व तथा अन्य रासायनिक पदार्थहरुको मापदण्ड तोकेको हो । जस अनुरुप नेपाल सरकारले खेलौनाका लागि १२ वटा घातक रसायन तथा ग¥हुङ्गो धातुहरुको तोकिएका अधिक्तम सिमा भन्दा बढी मात्रामा पाईएमा नेपालभित्र उक्त खेलौनाहरुको  उत्पादन आयात, भन्डारण, विक्रिवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । साथै खोलौनाको बोधगाम्य परीभाषीत गर्नुको साथै खेलौनाहरुमा रसायनको मात्रा परीक्षण गर्ने प्रविधी, विधीसँगै आयात गर्दा सम्बन्धित मुलुकको सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट प्रत्येक ब्याच परीक्षण गरी प्रयोगशालाबाट जारी प्रमाणपत्र पेश गर्नुपर्ने र मापदण्ड भित्र भएमा मात्र आयात गर्न पाईने ब्यवस्था पनि गरीएको छ ।

स्वदेशी उत्पादकको हकमा उत्पादकले प्रत्येक ब्याच पिच्छे खेलौनाहरुको नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगहशालाबाट परीक्षण गराई मापदण्ड अनुसार भएमा मात्र विक्रिवितरण गर्न पाईने ब्यवस्था समेत गरेको छ ।  खेलौनामा रहेका रसायनहरुका कारण बालबालिकाका शारीरीक, मानसिक र बौद्धिक विकासमा असर परिरहेकाले यस्तो ब्यवस्था गरिएको हो । 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने