समाचार

जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ– महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । 

अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए। रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ । 

जापानले दुई वर्षअघिको भूकम्पका समयमा अस्पताललाई उपकरण खरिदमा रकम सहयोग गर्ने वचन दिएको थियो । तर अस्पतालले रकमको सट्टा उपकरण नै दिन आग्रह गरेपछि उपकरण दिन जापान राजी भएको थियो । 

एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रा साउण्डलगायत अन्य शल्यकक्षमा प्रयोग हुने उपकरण आउने निर्देशक महराले बताए। रासस 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live