समाचार

युनिभर्सलको सम्बन्धन खारेजी गर्नुपर्ने भन्दै आइओएममा बुझाए डाक्टरहरुले पत्र

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर


काठमाडौं– भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न माग गर्दै डाक्टरहरुका ९ संगठनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयलाई पत्र बुझाएका छन्।

चिकित्सा शिक्षाको विशेषज्ञ तह ९पिजी० अन्तर्गतको एमडीरएमएस र एमडिएसमा योग्यताक्रम ९मेरिट० का विद्यार्थी भर्ना नगरेको भन्दै उनीहरुले संयुक्त रुपमा डिन कार्यालयमा आइतबार पत्र बुझाएका हुन्। 

पत्रमा प्रधानमन्त्री कार्यालयको असार २२ गतेको निर्णय अनुसार युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेजीको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ। प्रधानमन्त्री कार्यालयले २२ गते सात दिनभित्र मेरिटका विद्यार्थी भर्ना गर्न निर्देशन दिएको थियो।

सात दिनभित्र मेरिटका विद्यार्थी भर्ना नगर्ने कलेजको सम्बन्धन खारेज गर्ने कुरा पनि प्रधानमन्त्री कार्यालयको निर्णयमा थियो। सोही अनुसार डाक्टरहरुको संगठनले युनिभर्सलले मेरिटका विद्यार्थी भर्ना नगरेपछि सम्बन्धन खारेजीको माग लिएर डिन कार्यालयमा पत्र बुझाएको बताएका छन्।

यी हुन् पत्र बुझाउने संगठनहरु
डा. कालुसिंह खत्री,  का.वा. अध्यक्ष, डक्टर्स सोसाइटी अफ नेपाल
डा. दीपेन्द्र पाण्डे, अध्यक्ष, सरकारी चिकित्सक संघ नेपाल
डा. सन्तोष पौडेल, अध्यक्ष, राष्ट्रिय चिकित्सक संघ नेपाल
डा. विष्णु भण्डारी, अध्यक्ष, रेजिेडेन्ट एसोसिएसन अफ न्याम्स
डा. कश्यप श्रेष्ठ, अध्यक्ष, नेसनल रेजिडेन्टस डक्टर्स एसोसिएसन
डा. अजितकुमार यादव, अध्यक्ष, जुनियर रेजिडेन्ट्स वेलफेयर सोसाइटी
डा. विश्वबन्धु बगाले, अध्यक्ष, डक्टर्स फर चेन्ज 
डा. समिर लामा/डा. तोसिमा कार्की, सेभ मेडिकल फ्याटर्निटी मुभमेन्ट
डा. अभिषेकराज सिंह, का.वा. संयोजक, सोलिडारिटी फर डा. केसी अलायन्स

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live