मुख्य समाचार

पोषण कार्यक्रमको भुक्तानीमा घुस लिने अधिकृत अख्तियारको फन्दामा

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोषण र सरसफाइ कार्यक्रमको भुक्तानी दिए बापत घुस माग्ने जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नागिना रायलाई पक्राउ गरेको छ। 

कार्यक्रम समापनपछि बिल बुझाउँदा पनि भुक्तानी दिन आलटाल गर्ने गरेको गुनासोपछि अख्तियारको टोलीले गरेको अनुगमनका क्रममा रायले सेवाग्राहीसँग ४० हजार घुस लिएको भेटिएको हो।

अख्तियारको टोलीले रायलाई कार्यकक्षबाटै रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको आयोगका सहसचिव एवं प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। अख्तियारले अनुसन्धानपछि रायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्नेछ। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live