मुख्य समाचार

युनिभर्सलले झुठो सूचना निकालेको भन्दै मेरिटका विद्यार्थीद्वारा आपत्ति

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले झुठो सूचना जारी गरेको प्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । आफूहरुलाई कलेजले भर्ना हुन अनेक व्यवधान खडा गरेर भर्नाका लागि सम्पर्कमै नआएको सूचना निकालिएको भन्दै उनीहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । 

उनीहरु भन्छन्, ‘हामी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षाबाट बनाइएको योग्यता क्रम अनुसार का लागि छनौट भएका विद्यार्थी हौं । मेरिटका आधारमा भर्ना गर्ने सम्मानित सर्वोच्च अदालतको फैसलासमेत भएकोमा हामी विगत छ दिनदेखि भैरहवास्थित सो कलेजमा गएर भर्ना हुन प्रयासरत छौं । तर भर्ना लिइएको छैन ।’ उनीहरुका अनुसार  नेपाल सरकारको निर्देशन तथा सम्मानित अदालताको आदेशसमेतको प्रतिकुल हुने गरी  नियमसंगत भर्ना लिन अस्वीकार गरिरहेको छ । कलेजले भविष्यमा विभिन्न वहानामा अतिरिक्त शुल्क तिर्नुपर्ने व्यहोराको कागजमा सही गर्न नाजायज दबाब दिएकाले आफूहरु भनाए हुन नपाइरहेको उनीहरुले विज्ञप्तिामा उल्लेख गरेका छन् । भनेका छन्, ‘कलेजको त्यस्तो गलत प्रयासपछि हामी बारम्बार जिल्ला प्रशासन कार्यालय गएर हाम्रो अवस्थाबारे जानकारी गराएर विधिपूर्वक भर्ना गराइदिन सहयोग माग्यौं । तत्पश्चात् सो कार्यालयले पटक पटक विद्यार्थी भर्नाको व्यवस्था गर्न कलेजलाई पत्राचार समेत गर्यो ।’

यस्तो अवस्थामा युनिभर्सलले भने साउन २ गतेको कान्तिपुर दैनिकमा एक सूचना निकाल्दै सो कलेजले भर्ना हुन कलेजमा नआएको 
 जनाएको छ । उनीहरुले यसको खण्न गर्र्दै भनेका छन्, ‘पत्रिकामा झुठो सूचना  दिएको तथा समयमा भर्ना हुन नआएमा कलेज जवाफदेही नहुने भनेर हामीलाई जबर्जस्ती भर्ना हुनबाट रोक्ने दुर्नियत राखेको प्रष्ट हुन आएको छ ।’

यसबाट कलेजले सम्बन्धित नियामक निकाय आइओएमको निर्देशन अवज्ञा गरेको, सम्मानित अदालतको अपहेलना गरेको तथा जिल्ला प्रशासन कार्यालयको निर्देशन अटेरी गरेको प्रस्ट हुन गएको निष्कर्ष उनीहरुले निकालेका छन् । कलेजले सार्वजनिक गरेको सूचना आफूलाई भर्ना हुनबाट बञ्चि गराउने प्रपञ्च भएको भन्दै  नियमपूर्वक सहज तरिकाले भर्ना भएर पढ्न पाउने अवस्था सिर्जना गरिदिन अनुरोध गरेका छन् । बिज्ञप्तिमा ९ जना मेरिट लिस्टमा परेका डाक्टरहरुको हस्ताक्षर छ । 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live