घरमै डाक्टर

कान पाक्ने समस्या छ? मस्तिष्कमा असर होला (जोगिने उपाय)

स्वास्थ्य खबरपत्रिका


मेरो कान पाक्ने समस्या छ, किन यस्तो भएको होला? सुने अनुसार यसले दिमागमा समेत असर गर्छ रे, कसरी जोगिने होला? - जेबी


जिज्ञासाका लागि धन्यवाद । तपाइँलाई कानको संक्रमण भएको छ। संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कान पाक्नु, दुख्नु, कानमा पिप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन्।

कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ। कानमा पिप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानको संक्रमण दुई किसिमको हुन्छ । अल्पकालीन र दीर्घकालीन संक्रमण।

अल्पकालीन संक्रमणले कान मात्र पाक्छ र सामान्य औषधिले निको हुन सक्छ । तर कान पाक्ने रोग जटिल हुँदा भित्रि कानको मस्तिष्क नजिकको हड्डी कुहिएर बाह्रै महिना कान पाकिरहने र कानबाट गन्धसहितको पिप बग्ने हुन सक्छ । यसले मस्तिष्कमा समेत असर पार्न सक्छ । यसको उपचारका लागि कानको शल्यक्रिया नै गर्नुपर्छ। त्यसकारण तपाईँले तुरुन्तै चिकित्सकलाई देखाउन जरुरी छ।

कानले आवाज सुन्ने मात्र होइन शरीरको सन्तुलन पनि मिलाउने काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । मध्य भाग जसले बाहिरबाट उत्पन्न भएको ध्वनिलाई तरंगमा ल्याई आवश्यकता अनुसार शरीरभित्र प्रवेश गराउने काम गर्छ । भित्रि कान जसले तरंगबाट निस्केको ‘मेकानिकल इनर्जी’लाई ‘विद्युतीय इनर्जी’मा परिवर्तन गरी  मस्तिष्कसम्म पु¥याउने काम गर्छ र मानिसले सुन्छ । सुन्ने प्रक्रियाको कुनै पनि ठाउँमा गडबड भएमा हामी सहज ढंगले सुन्न सक्दैनौँ।

- डा. ढुण्डीराज पौडेल, इएनटी विभाग प्रमुख, वीर अस्पताल

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live