जीवनशैली

टाइगर श्राफको फिट रहने फर्मुला

स्वास्थ्य खबरपत्रिका

टाइगरर श्राफले फिटनेशका मामलामा बलिउडका सबै हिरोलाई पछि छोडिदिएका छन् । उनको फिट र लचकदार ज्यानका फ्यान थुप्रै छन् । बलिउड हिरोइनले सबैभन्दा फिट हिरोका रुपमा उनको नाम लिन थालिसकेका छन् । बलिउडमा इन्ट्री मारेपछि फिटनेशमा उनले अझ धेरै मेहनत गरेका छन् ।

फिट रहनका लागि घन्टौं जिममा बिताउने, ज्यान लचकदार बनाउन नृत्यमा पनि उत्तिकै समय दिने मात्रै होइन, खानपानमा उनी बढी सतर्क र अनुशासित छन् । 

आफ्नै पिता ज्याकी श्राफबाट प्रभावित उनले सानैदेखि खेल क्षेत्रमा आफूलाई समाहित गरे । उनले मार्शल आर्ट, एथ्लेटिक र नृत्य सानैदेखि गर्दै आइरहेका छन्  
सानैदेखि फुटबलका सौखिन थिए उनी । अहिले पनि फुटबल खेल्ने कुनै अवसर उनी गुमाउन चाहदैनन् । 

खानेकुरामा त उनी असाध्यै सचेत छन् । कुनै पनि कुरा खानुअघि १० पल्ट सोच्ने गरेको उनी बताउँछन् । उनलाई साकाहारी खान बढी रुचीकर लाग्छ तर डाइटका कारण केही मात्रामा मासु पनि खानुपर्ने बताउँछन् । 

उनले धुम्रपान र मध्यपान गर्ने गरेका छैनन् । उनको खानाको एक खालको रुटीन नै छ । बिहान उठ्नेबित्तिकै अन्डको सेतो भाग मात्रै रहेको अमलेट, केही ड्राइफुड, लन्चमा ब्राउन राइस, चिकन र ब्वाइल तरकारी खान्छन् । बेलुकातिर प्राृटिन शेक र रातको खानामा ब्रोकाउली लगायत सब्जीहरु मौ हुन्छन् । 
जीवनको पहिलो प्राथमिकता उनको फिटनेश हो । त्यसपछि मात्रै नातागोता, साथीभाईले समय पाउने गरेका छन् । उनी जिममा शरीरका विभिन्न भागको छुट्टा छुट्टै ब्यायाम गर्छन् । 

माइनकेयरबाट

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live