टिप्स/जानकारी

योग अभ्यास गर्नैपर्ने कारणहरु

डा. गोकर्ण दाहाल

योग तथा ध्यान आजको व्यस्त दुनियामा धेरै लोकप्रिय हुदै गएको छ। पछिल्लो समय योग सम्वन्धी क्लिीनिकल अनुसन्धानबाट प्रमाणहरु बटुलिदै जाँदा पश्चिमी मुलुकहरुमा पनि यसको आकर्षण बढेको हो। हाम्रो श्वास फेर्ने तरिका र जिवन जिउने कलाले हाम्रो स्वास्थ्य र आयुको निर्धारण गर्छ भन्ने सिद्धान्त व्यापक हुदै गएको छ।

अमेरिकाको हाडर्भड विश्विद्यालयले हालसालै योग सम्वन्धी विभित्र तथ्य सार्वजनिक गर्दै आधुनिक चिकित्सा र योग विधाकाबिच परिपुरक (सिमबायोटिक) सम्वन्ध रहनु प्रर्ने मान्यता अघि सारेको छ । पछिल्लो समय योग फेसनको रुपमा विकसित हुदै गएको र केवल आँखा चिम्लिदै शरिर तन्काउनु मात्र योग हो भन्ने गलत धारणको बिकास भएको छ । २ हजाार वर्षअघि योगका प्रवर्तक पतञ्जलीले प्रतिपादन गरेको योग सम्वन्धी १९६ सूत्रमध्ये करिब ३ सूत्र मात्र शरीर तन्काउनेसँग सम्वन्धित छन् । बाँकी सवै जीवन जिउने कला, श्वास फेर्ने कला, संस्कार, भाजेन कला, आन्तरिक  शुद्धिकरण ,ध्यान तथा शब्द स्मरण जस्ता विधा  समेटिएका छन्।

विश्व स्वास्थ्य संगठनले आध्यात्मिक बिधालाई पनि स्वस्थ जिवनकैे आधारको रुपमा स्विकारेपछि योग अभ्यास चिकित्सा विधाको पर्यायको रुपमा रहेको हो । कुनै वेला आधुनिक चिकित्सा र योेगलाई फरक धारको रुपमा लिइन्थ्यो भने अहिले नियन्त्रणात्मक, प्रबद्र्धनात्मक र पुनस्र्थापनात्मक एवं उपचारात्मक विधामा पनि आधुनिक चिकित्साले योगलाई स्विकारेको छ।

विश्व जगतमा नसर्ने रोगको भार वढेसंगै आधुनिक चिकित्सा विज्ञानले अङगिकार गरेको लाईफ स्टाईल मोडिफिकेसन सिद्धान्त पूर्वीय योग विज्ञानवाट सापट लिएको मानिन्छ । योगिक आहार, प्रणायाम, मुद्रा, आसन एवं रिल्याक्सेसन जिवनशैली परिवर्तका महत्वपूर्ण पक्ष हुन् । दम, डाइवेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचाप जस्ता कैयाै‌ँ  दिर्घ रोगहरुमा योगको उत्कृष्ट प्रयोग आधुनिक चिकित्सामा भएको पाईन्छ।

नोवेल पुरस्कार विजेता इलिजावेथ ब्ल्याकर्वनले कम्तिमा ८ हप्तासम्म दैनिक १२ मिनेटसम्म गरिने ध्यानले शरिरको टिलोमिरेज क्षमता अथार्त चाडै देखिने बुढ्यौलीपनलाई ४३ प्रतिशतले कम गर्न सकिने वताएका छन्।

न्युरो इम्याजिङ र जिनोमिक्स टेक्नोलोजीको सुरुवातसँगै आधुनिक चिकित्सा विज्ञानले योग अभ्यासमा अझ बढी चासो लिएको पाईन्छ । एक अध्यन अनुसार नियन्त्रणात्मक श्वासक्रिया र ध्यानले दिमागको बिशेष प्रणालीमा (लिम्विक  सिस्टम) रहेको हरदम डर तथा त्रास बनाइराख्ने केन्द्रलाई केही साँगुरो वनाउन सहयोग गर्छ र व्यक्तिको निर्णय क्षमता, एकाग्रता एवं खुसीपनालाई बढाँउछ ।

नर्वेमा भर्खरै सार्वजनिक भएको एक अनुसन्धानले निरन्तर ६ महिनासम्म योग अभ्यास गरेका व्यक्तिमा भाईरल इन्फ्लुएन्जासँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा ३ गूणाले वृद्धि हुने तथ्य वाहिर ल्याएको छ।

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनले प्रत्येक १० जनामा १ जनासँग कुनै न कुनै प्रकारको  डिप्रेसन तथा मानसिक रोग भएको तथ्याङ्क प्रक्षेपण गरेको छ । यस्तो कहालीलाग्दो तथ्याङ्गलाई सम्वोधन गर्ने एउटामात्र सस्तो , सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो।

योगले मनोभावनात्मक आवगेहरुलाई सिथिल वनाउँछ। विविध कारणले रगतमा उत्प्रेषित भएको चिन्ता ,तनाव र रिस बढाउने  कर्टिसोल नाम गरेको हर्मोन घटाउनका लागि पनि योग अभ्यासले भुमिका खेल्छ।

योगाले शरिरको सवैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित वनाउँछ ,शरिरमा अक्सिजनकोे खपत वढाउँछ  र एन्डारोजिन नामक हमोन बृद्धी गरी तनाव नियन्त्रण गर्छ।

विगतका वर्षहरुमा अमेरकामा  तनाव र डिप्रेसनका कारण काममा नजाने कारणले उत्पादनमा भएको कमिलाई कम गर्न योगा सहितको  माईन्ड वडि रिल्याक्सेसन क्याम्प सञ्चालन भएको थियो । आधुनिक चिकित्सा विज्ञानले कोपिङ स्किल बढाउने अस्त्रको रुपमा पनि योगालाई स्विकारेको छ । क्यान्सर जस्ता निको नहुने रोगहरु एवं युद्ध ,प्राकृतिक प्रकोपजस्ता अवस्थाबाट विक्षिप्त भएकाहरुमा सहनशिलता वढाउन एवं परिवर्तित परिस्थीतिसंग जुध्न सक्ने वनाउने एउटा आयाम पनि योग हो।

बिद्धान प्लेटोले आत्मा र मन बिनाको उपचार क्षणिक तथा समयको बर्वादी हुने बताएका थिए। उनल चिकित्सा पेशाका बिज्ञहरुले योगालाई हेर्ने नकारात्मक  धारणामा परिवर्तन गर्न जरुरी भएको बताएका थिए । यसक्षेत्रमा लागेकाहरुले पनि योगलाई फेशनको रुपमा नहेरी आधुनिक विज्ञानसँग जोड्न प्रयास गर्नुपर्ने बताउँदै आएका छन्।

नेपाल सरकारले पनि योग दिवस मनाउन सुरु गरेको छ । अबका दिनमा  योग अभ्यासलाई हरेक चिकित्सा बिधासँग सामन्जस्यता गर्ने नीति सरकारले अंगिकार गर्नसक्नु पर्छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live